चितवनमा रवि लामिछानेको अग्रता कायम


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बनाउँदै जानुभएको छ ।

आज राति १०ः३० बजेसम्म इच्छाकामना गाउँपालिकाका सबै वडा र भरतपुर महानगरपालिको वडा १, २, ३ को गणना सम्पन्न हुँदा लामिछानेले १२ हजार पाँच सय ४० मत प्राप्त गुर्नभएको छ ।

नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले तीन हजार पाँच सय ७० र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ तीन हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको मुख्य निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । हालसम्म २० हजार तीन सय ३१ मत गणना हुँदा तीन सय ८३ बदर भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com