आजै रातिबाट मतगणना सुरू गर्छौ :प्रमुख आयुक्त थपलिया


प्रकाशित मिति : बैशाख १०, २०८० आईतबार

आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ। मतदानको समय सकिएपछि पत्रकारहरुसंग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको बताए ।
‘अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्‍याउने काम हुन्छ,’ उनले भने,‘त्यसपछि मतगणना सुरू हुन्छ।’ बारा–२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए। ‘तनहुँ–१ गणनास्थलमा मतपेटिका पुर्‍याउनै १० बज्छ होला, त्यहाँ राजनीतिक दलहरूले मान्नुभयो भने राति १२ बजे भए पनि मतगणना सुरू गर्छौं,’ थपलियाले भने।
चितवन–२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ। ९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेका छौं,’ उनले भने।
यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाले बताए। ‘हामीले भोलि साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने सोचेका छौं, पर्सि साँझसम्म त सकिन्छ नै,’ उनले भने।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com