भेरी नदीमा निर्माणाधिन बेलिब्रिज भाँचियो, ९ जना घाइते


प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार

जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा ९ जना घाइते भएका छन् ।

रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूली भेरीमाथि बनिरहेको उक्त पुल बिहीबार दिउँसो भाँच्चिएको हो।

घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । केहीको अवस्था चिन्ताजनक रहेको र केहीको मृत्यु भइसकेको अनुमान प्रहरीको छ ।

तस्वीर : सामाजिक सञ्जाल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com