नेपाल वायुसेवा निगमले मेबाट भैरहवादेखि क्वालालम्पुर र दिल्ली उडान शुरु गर्ने


प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार

नेपाल वायुसेवा निगमले आगामी मेबाट भैरहवाको गौतमबुद्ध बिमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान शुरु गर्ने तयारी गरेको छ । निगमले मे २०२३ को अन्तिम हप्तादेखि भैरहवाबाट मलेसियाको क्वालालम्पुर र दिल्ली उडान शुरु गर्ने तयारी गरेको जनाएको हो ।

निगमले अप्रिलबाट लागु हुने गरी यो विमानस्थलबाट साताको दुईवटा उडान स्लट पाएको थियो । निगमले साताको मंगलबार र विहीबार उडान गर्ने तालिका पाएको जनाइएको छ ।

प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै केही महिना अघि काठमाडौं दिल्ली उडानको स्लट काटेको थियो। त्यसपछि प्राधिकरण र निगमको नेतृत्वबीच विवाद पनि भएको थियो।

देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बेला बेलामा खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुदै आएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको डिसेम्बरको तेश्रो सातादेखि खराब मौसमका कारण भन्दै उडान स्थगित गरेको थियो ।

त्यसपछि मार्चको दोश्रोसातामात्र जजिरा एअरले उक्त विमानस्थलबाट पुनस् अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । आकाश खुल्न थालेपछि भैरहवा उडान सहज भएकोको थियो । जजिराले हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सञ्चालन गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको क्यानले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com