रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक,पार्टीबाट निलम्बित


प्रकाशित मिति : चैत्र २६, २०७९ आईतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।

अडियो सार्वजनिक भएपछि रास्वपाले एक विज्ञाप्ति निकाल्दै भनेको छ, ‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न/नगराउन समेत श्रेष्ठलाई निर्देशन दिइएको छ।’

उनी रास्वपाकाे समानुपातिक काेटाबाट सांसद बनेका हुन् । अहिले उनलाई पार्टीले मात्रै निलम्बन गरेकाे छ, थप छानबिनपछि दाेषी ठहर भएमा उनकाे सांसद पद पनि जान सक्छ ।

सांसद श्रेष्ठ यसअघि पनि आफै अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थामा रहेका बचतकर्ता लाखौँ रकम अपचलन गरेको भन्दै विवादमा परेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com