रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा अनिलकुमार सिन्हाको इजलासले ‘हेर्न नमिल्ने’मा


प्रकाशित मिति : चैत्र २१, २०७९ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यलयको निर्णयविरुद्ध परेको रिट निवेदन अनिलकुमार सिन्हाको इजलासले ‘हेर्न नमिल्ने’ भएको हो ।

युवराज पौडेलले दायर गरेको निवेदनमा मङ्गलवार प्रारम्भिक सुनुवाइको पेसी तोकिँदा त्यो न्यायाधीश सिन्हाको इजलासमा परेको थियो। यसअघि संवैधानिक इजलासमा राय राख्ने न्यायाधीशहरूले सकेसम्म यस मुद्दा नहेर्ने भन्ने दृष्टिबाट त्यस्तो निर्णय गरिएकोजनाइएको छ ।

अर्को पेसी केहीदिनमा नै तोकिन सक्ने जनाइएको छ ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराज सफलले सोमबार रिट दायर गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com