रास्वपा सभापति रवि लामिछाने विरुद्धको मुद्दा सिन्हाको इजलासमा


प्रकाशित मिति : चैत्र २१, २०७९ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको वेबसाइटका अनुसार युवराज पौडेल ९सफल० ले दिएको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको छ ।

लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालत गएका हुन् ।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको पहिलो माग छ ।

रविले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरिसकेका छन्। आज निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध उजुरी दिनसक्ने समेत दिन तोकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com