प्रधानमन्त्रीसँग भक्कानिए मिटरब्याजपीडित, आफ्नै कार्यकालमा न्याय दिने प्रचण्डको आश्वासन (तस्वीर)


प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार

मिटरब्याजपीडितले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए । उनीहरूले प्रधानमन्त्रीसँग आफूले मिटरब्याजीबाट भोगेका अत्याचार र ज्यादति सुनाएका थिए ।

मिटरब्याजपीडितको ज्ञापनपत्र र गुनासो सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा न्याय दिने प्रतिबद्धता जनाएका छन् । प्रचण्डले समस्याको दीर्घकालीन समाधानको लागि कानुन निर्माणको प्रकृया अघि बढिसकेको बताउँदै तत्कालको लागि न्यायिक अधिकारसहितको आयोग बनाई फिल्डमै गएर पूर्जी काट्ने अवस्था सिर्जना गरिने आश्वासन दिए । प्रचण्डले भने, ‘समस्याको दीर्घकालीन समाधानको लागि कानुन निर्माणको प्रकृया अघि बढिसकेको छ भने तत्कालको लागि न्यायिक अधिकारसहितको आयोग बनाई फिल्डमै गएर पूर्जी काट्ने अवस्था सिर्जना गरिन्छ।’

प्रधानमन्त्री प्रचण्डले यो समस्या सामन्तवादको अवशेष रहेको बताउँदै सामन्तवादका अवशेषलाई निमिट्यान्न पार्न सरकार दृढ रहेको बताए । तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com