हिन्दु डाक्टरको गोली हानेर हत्या


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

एक जना हिन्दु धर्मावलम्बी चिकित्सकको  पाकिस्तानको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।

कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली  हानेको र  उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सलाई पनि गोली लागेको छ ।

उनलाई तत्काल अस्पताल पु-याइएको थियो । हाल उनी जोखिममुक्त भएकी छन् । आक्रमणकारीका सम्बन्धमा ती महिला चिकित्सकसँग प्रहरीले सोधपुछ गरेको छ । अभियुक्तलाई कानुनको कठघरामा उभ्याउने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

यसैबीच, सिन्धका गभर्नर कमरान खान टेसोरीले कराँचीका प्रहरी अतिरिक्त महानिरीक्षकसँग घटनाको प्रतिवेदन माग गर्दै आँखा विशेषज्ञको हत्याप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com