पुनरावलोकन गर्नुपर्ने नेपाल–भारत सन्धि मन्त्रालयद्वारा समितिमा पेस


प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पुनरावलोकन गर्नुपर्ने नेपाल–भारत शान्ति र मैत्री सन्धि, १९५० राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा पेस गरेको छ ।

राष्ट्रिय सरोकार तथा समन्वयन समितिद्वारा आज आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय हित प्रवर्द्धन एवं पुनरावलोकन गर्न आवश्यक देखिएका सन्धि सम्झौता पुनरावलोकन गर्नुपर्नाको उद्देश्य, कारण र पुनरावलोकनका विषय सम्बन्धमा प्रारम्भिक छलफल भएको थियो ।

कार्यक्रममा विभिन्न सन्धि वा सम्झौता समयसापेक्ष व्याख्या गर्न आवश्यक रहेको मन्त्रालयका सहसचिव सुशील कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानले व्यवस्था गरेबमोजिम भएका सन्धि सम्झौता पुनरावलोकन गर्न सक्ने व्यवस्था छ । सन्धि गर्दा गरिएको व्याख्या वर्तमान अवस्थामा समयसापेक्ष बनाउन पुनरावलोकनको आवश्यकता छ ।”

समिति सभापति दिलकुमारी रावल थापाले वर्तमान समयमा कानुन मन्त्रालयले सन्धि सम्झौता कार्यान्वयनको अवस्थाका र अभ्यासलाई समितिमा पेस गर्न आवश्यक रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन्धिमा नेपाल सरकारलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने हातहतियार, विस्फोटक सामग्री या गोली आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार लगायतका विषयमा पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो ।

असमान सन्धि सम्झौतामा पुनरावलोकन गर्न आवश्यक रहेको विषय पुनरावलोकनका लागि सम्बन्धित निकायसँग छलफल गर्नुपर्ने, लागू नभएका सन्धि सम्भौता खारेज गर्नुपर्ने, संविधानले गरेको व्यवस्थाअनुकूल कार्यान्वयन गर्नुपर्ने, सम्बन्धित निकायसँग समन्वयन गर्नुपर्ने लगायतका विषयमाथि छलफल भएको थियो ।

नेपालले मानव अधिकारसम्बन्धी विभिन्न सन्धिका साथै वातावरण संरक्षण र व्यापार आदि विषयसँग सम्बन्धित सन्धिको अनुमोदन गरेको समितिले जनाएको छ । जसमा नेपाल पक्ष भएका सन्धि कार्यान्वयनको अवस्थामा मानव अधिकारको विश्वव्यापी घोषणापत्र, महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र एवं आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, यातना तथा अन्य क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि रहेका छन् ।

संविधान अनुकूल पुनरावलोकन गर्न आवश्यक अन्य सन्धि वा सम्झौतामा सरोकारवाला निकाय, विज्ञ, प्रधानमन्त्री कार्यालयसँग छलफल गरेर आवश्यक निर्देशन गर्ने र मन्त्रालयलाई सहजीकरणको व्यवस्था गर्ने सभापति थापाले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com