कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन उग्र बन्दै, मुख्यमन्त्री चढेको गाडीमा आक्रमण


प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडी तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् ।

प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए ।

पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभर आन्दोलन भइरहेका वेला ओखलढुंगा आएका मुख्यमन्त्रीलाई विरोधस्वरूप कालोझन्डा देखाइएको किराँत–राई यायोक्खाका अध्यक्ष थगेन्द्रराज राईले बताए ।

मुख्यमन्त्री कार्की शनिबार बेलुकादेखि ओखलढुंगामा छन् । उनले आइतबार रुम्जाटारमा आयोजित कार्यक्रममा कोसी प्रदेशको नाम संशोधन नहुने र संशोधन गर्नुपर्ने भए अर्को चुनावमा बहुमत ल्याएर अर्को नाम राख्न चुनौती दिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com