राष्ट्रपति भण्डारीको कार्यकाल आजदेखि सकिँदै


प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजदेखि सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीको आजदेखि कार्यकाल सकिन लागेको हो । यो उनको दोस्रो कार्यकाल थियो ।

भण्डारीको कार्यकाल आजदेखि सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । त्यसैले भण्डारीले शीतल निवास छाड्नुपर्ने भएको हो ।

उनी शीतल निवासबाट बुढानिलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । उनी २९ गते निजी निवासमा सर्ने तयारीमा छिन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् ।  त्यसपछि दोस्रो  कार्यकालका लागि  २०७४  साल फागुन  २९ गते उनी निर्वाचित भइन् ।

नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार हुँदै छ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com