आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार : ३ जना घाइते,१ जना पक्राउ


प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ ।

उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो ।

विवाद बढेपछि नेकपा (एकीकृत समाजवादी)निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमालेनिकट अनेरास्ववियूका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन् ।  खुकुरी प्रहार  गर्ने  नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्दलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ ।

फर्जी विद्यार्थी खडा गरिएको भन्दै विवाद बढेपछि यस्तो घटना घटेको हो । विवाद बढेपछि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारीलगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com