एमालेले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने


प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार

नेकपा ९एमाले०ले उपराष्ट्रपति पदको निर्वाचनमा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उप–महासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

आज उपराष्ट्रपति पदका लागि मनोनयन हुँदैछ । बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा समीक्षा भएको पार्टीका उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । एमालेले यसअघि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com