नेपालमा पहिलोपटक लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा, महिलाले मात्र पूजा गर्ने लिङ्ग भैरवी के हो ?


प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार

सदगुरुले नेपालको लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गरेका छन् । लिङ्ग भैरवी मन्दिर महिलाहरु द्वारा संचालित छ। मन्दिरमा महिला र पुरुष दुवै दर्शनका लागि आउँछन्, तर मन्दिरको गर्भगृहमा महिलाले मात्र पूजा गर्छन्। उनीहरूलाई बैरागिनी माता भनिन्छ । उनीहरु संसारका विभिन्न भागका विभिन्न जात र धर्मका हुन्छन् ।

लिङ्ग भैरवीको ऊर्जाले मानव प्रणालीमा तीनवटा आधारभूत चक्रहरूलाई बलियो बनाउने विश्वास गरिन्छ । यसले व्यक्तिको शरीर, दिमाग र ऊर्जा प्रणालीलाई स्थिर बनाउने विश्वास गरिन्छ ।

लिङ्ग भैरवी मन्दिर काठमाडौंको चक्रपथ नजिकै बसुन्धरामा रहेको छ । मन्दिर दर्शनका लागि बिहान ६:३० देखि १:२० र बेलुका ४:२० देखि ८:२० सम्म खुला रहनेछ। बिहान ७:४०, १२:४० र बेलुका ७:४० मा तीन पटक देवीलाई अभिषेक आरतीसहित एघार शुभ प्रसाद चढाइनेछ। लिंग भैरवी देवीको वर्णन गर्दै सद्गुरुले भने भैरवीको कृपा कमाउनेहरूले जीवन वा मृत्यु, गरिबी वा असफलताको चिन्ता वा डरमा बाँच्नु पर्दैन। भैरवीको कृपा कमाएमा मानिसले जे सुख सम्झन्छ, त्यो सबै उसको हुनेछ।

नेपालको लिङ्ग भैरवी देवी भारत बाहिर स्थापना भएको पहिलो देवी मन्दिर हो। सन् २०१० मा सदगुरुले इशा योग केन्द्र, कोइम्बटूर, भारतमा पहिलो लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए । त्यसयता भारतको नयाँ दिल्ली, गोबी र सलेममा लिङ्ग भैरवी मन्दिरहरू स्थापना भएका छन्।

देवीलाई नेपाल ल्याएको अवसरका रूपमा फागुन ९ गते टुँडिखेल, कान्तिपथमा साँझ ७ बजेदेखि राति ९:३० बजेसम्म देवी उत्सव मनाइएको छ । कार्यक्रममा नृत्य, सङ्गीत र भक्तिको एक विशाल सांस्कृतिक प्रदर्शन रहेको थियो । सदगुरुले देवीका विभिन्न पक्षहरूबारे चर्चा गर्न विशेष सत्संग सञ्चालन गरेका छन् ।

लिंग भैरवी स्त्रीलिंगको रुपमा प्राण प्रतिष्ठित एक धेरै शक्तिशाली र उग्र रूप हो । लिंगको रूपमा पुजिएको स्त्री शक्ति धेरै दुर्लभ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com