आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै नेपाल विश्वकपमा


प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार

नेपालले आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । आज भएको खेलमा नेपालले युएइलाई उसकै मैदानमा ७ रनले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा ह्याट्रिकसहित तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् ।

सुरुवातामा कमजोर देखिएको नेपालको बलिङ अन्तिमतिर जाँदा सुधारिएपछि जित सम्भव भएको हो । युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए । यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो ।

नेपाल ४८.५ ओभरमा अलआउट भएको हो । योसँगै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको नेपालले स्थान बनाएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com