राष्ट्रपतिमा पौडेललाई भोट माग्दै सभापति देउवाले पठाए ओलीलाई पत्र


प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

देउवाले ८ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । अरूभन्दा पौडेल योग्य उम्मेदवार भन्दै देउवाले ओलीसँग भोट मागेका छन् ।

सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाएका छन् ।

एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । एमालेले भने कांग्रेसले आफ्नै उम्मेदवार उठाएको भन्दै कांग्रेसबाहेकका दलसँग मत माग्दै पत्राचार गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com