प्रचण्डलाई अरुले छाडेपनि रास्वपाको समर्थन कायमै


प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार

प्रचण्ड नेतृत्वको सरकारबाट आफ्ना सभापतिको सांसद पद गएसंगै मन्त्री फिर्ता बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । दुई दिन अघि राप्रपा र आजमात्रै एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । बुर्लाकोटीले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिई नसकेको बताए ।

सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए । रास्वपा सभापति रवि लामिछाने सरकारमा सहभागी हुनु प्रयत्नरत छन् भने बैशाखमा हुने उपनिर्वाचनमा उनी उमेद्वारी दिने तयारीमा पनि रहेका छन् । लामिछानेको दोहोरो राहदानी बारे गृहमन्त्रालयले छानविन गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com