बाइडेनद्वारा युक्रेनको गोप्य र आकस्मिक भ्रमण, ५ मिलियन डलर सहयोगको प्रतिबद्धता


प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने घोषणा गरेका छन् । उनी सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ।

अत्यधिक गोप्य भ्रमणका क्रममा साइरनहरू कीभ वरिपरि बजिरहेको सुन्न सकिन्थ्यो जब बाइडेन राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगै सुनको गुम्बज भएको सेन्ट माइकल क्याथेड्रलको वरिपरि हिंड्दै थिए । बाइडेनले यस हप्ताको अन्त्यमा मस्कोमाथि नयाँ प्रतिबन्धहरू लगाइने बताएका छन् ।

बाइडेन वाशिङटनबाट लामो, गोप्य यात्रा पछि स्थानीय समय अनुसार बिहान ८ बजे कीभ पुगेका थिए । र आधा घन्टापछि मारिन्स्की प्यालेस पुगे। उनी दिउँसो कीभबाट प्रस्थान गरेका थिए ।

बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको संयुक्त टिप्पणीमा ५ सय मिलियन डलर थप सहयोगको घोषणा गरे । बाइडेनले भने -‘एक वर्ष पछि, कीभ खडा छ। र युक्रेन खडा छ। लोकतन्त्र खडा छ ।’

कडा सुरक्षा चिन्ताहरूको प्रतिबिम्ब स्वरुप बाइडेनको भ्रमण अति गोप्य थियो । एयर फोर्स वान न्युयोर्क समय अनुशार आइतवार बिहान ४ बजेर १५ मिनेटमा अन्धकारमा ज्वाइन्ट बेस एन्ड्रयूजबाट प्रस्थान गरेको थियो । विमानमा सवार पत्रकारहरूलाई तिनीहरूको उपकरणहरू साथमा लैजान अनुमति थिएन।

पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ । यो भ्रमणले जेलेन्स्कीसँग भेटेका युरोपका अन्य विश्व नेताहरूको पाइला पछ्याउँछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com