ग्यास सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र आमा गम्भिर घाइते


प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार

ग्यास सिलिन्डर बिस्फोटहुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा गम्भिर घाइते हुनुभएको भण्डारीको सचिवालयले जनाएको छ । सचिवालयका तर्फबाट सामाजिक सञ्जालमा गरिएको पोष्ट अनुशार गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

डाक्टरहरुका अनुसार माननीय डा चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशतको हाराहारी शरिरको भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।

भण्डारीको निवास बुद्धनगर काठमाडौमा ग्यास सिलिन्डर बिस्फोट भएको सचिवालयका तर्फबाट भुवन भुसालले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com