सन्दर्भ भ्यालेन्टाइन्स डे: अपेक्षाविनाको त्याग, करुणा, समर्पणको भाव हो प्रेम


प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार

man and woman kissing

माया र प्रेमको भाव एउटै देखिए तापनि शब्द कोषमा हेर्दा मायाका धेरै अर्थ रहेका छन् जस्तो प्रेम को अर्थ स्नेह, प्रिती, ममता, जस्ता कसै प्रति हार्दिकता युक्त भावहरु र छल, कपट, धोका, जाल, झेल, जादु तथा दाउपेज जस्ता कपटपूर्ण भावहरु पनि रहेका छन् भने प्रेम को अर्थ भित्र मान्छेको गुण प्रति आकर्षण भएका प्यार, प्रिति, दया तथा माया जस्ता आत्मियता भावहरु मात्र देखिन्छन्। यसरी प्रेम भित्र एकोहोरो त्याग, समर्पण र आत्मियता देखिन्छ भने माया भित्र स्नेह, प्यार पनि हुन्छ छल, कपट, देखावटी पनि हुन्छ यसर्थ यो बहुआर्थि तथा बहुरुपी हुन्छ। हिन्दीमा त मायाको अर्थ छल, कपट, जाल, झेलको रूपमा मात्र लिइन्छ। तर अंग्रेजीमा भने माया र प्रेम दुवैलाई ‘लभ’ नै भनिन्छ।

प्रेमको बारे एक जना भारतिय आध्यात्मिक क्षेत्रका विद्वान गुरु “सदगुरु” भन्नु हुन्छ – ‘कोही पनि प्रेममा माथि उक्लिँदैनन् वा प्रेममा विशाल बन्दैनन्। तपाईं प्रेममा पग्लिनुपर्छ, किनकि तपाईं जो हो, त्यसको केही अंश नष्ट हुनुपर्छ । तपाईंको सम्पूर्ण हिस्सा नगएपनि, कम्तीमा तपाईंको एउटा अंश समाप्त हुनैपर्छ । तबमात्र त्यहाँ प्रेम सम्बन्ध हुन्छ । तपाईं अर्काको निम्ति आफ्नो केही अंश नष्ट गर्न इच्छुक रहनुपर्छ ।’

यसको अर्थ प्रेममा त्यागको भावना हुनै पर्छ अन्यथा त्यो प्रेम हुन सक्दैन।

मैले बुझेको सत्य कुरा के हो भने प्रेम पवित्र हुन्छ यसमा त्याग, करुणा, समर्पणको भाव हुन्छ। यहाँ कसै संग कुनै अपेक्षा वा आशा गरिदैन यस बाट हृदयमा शान्ती र खुसी प्राप्त हुन्छ यस्तो खुशी दीर्घकालीन वा लामो समय सम्म रहन्छ। त्यसै गरी मायामा अरुबाट केहि कुराको आशा गरिन्छ, चाहे त्यो भौतिक होस या त भावनात्मक। कसै प्रति केही अपेक्षा गरेर गरिएको सम्बध माया हो। मायामा स्वार्थ जोडिएको हुन्छ यसले भविस्यमा दुःखको सृजना पनि गर्न सक्छ। प्रेम गहिरो स्थिर तथा योगदान को रुप हो यो एकतर्फि पनि हुन सक्छ।

एकोहोरो माया औचित्य हिन हुन्छ भने दोहोरो माया कहि न कहि स्वार्थ सहयोग आशाको आधारमा टिकेको हुन्छ। माया शरीर, धन, सम्पति तथा भौतिक वस्तुको मोहबाट मन जस्तै दौडिएको हुन्छ ह्रदय संगको अन्तर सम्बन्ध प्रेमको हुन्छ। प्रेम हृदय मित्रको अनुभुतीबाट उत्पन्न हुन्छ भने माया सांसारिक भोगबाट प्राप्त हुन्छ। प्रेमले सदा धैर्यता प्रदर्शन गर्दछ भने मायाले खुसी र दुखीको प्रदर्शन गर्दछ। प्रेम प्रेरणाको श्रोत पनि हो, जीवनको सुन्दर उपहार हो, प्रकृती हो र एक आपसको दृढ विश्वास पनि हो।

प्रेम एउटा विज हो क्रमश अंकुरित हुदै जान्छ र एउटा वृक्ष बन्छ र अटल रहि रहन्छ। माया एउटा फुल हो सुन्दर देखिन्छ आकर्षक पनि हुन्छ लोभ लाग्दो हुन्छ तर त्यसको निरन्तरता को लागी त्यो फुल झरेर अर्थात उसले त्याग गरेर पुनः एउटा विज बन्दै फेरि अंकुरित हुनुपर्छ अथवा माया नक्कलि फुलको रुपमा बास्ना रहित भएर देखावटी रुपमा रहि रहन सक्छ। मैले आज माया र प्रेमको बारेमा किन सोध खोज र व्याख्या गरि रहेको छु भने यो माया र प्रेम नबुझेर कैयो मान्छेले दुखः पाएका छन यसको यथार्थता नबुझेर आफ्नो अमूल्य जीवन नष्ट समेत गरेका छन।

यसको वास्तवीक अर्थ बुझे पछि हामीले कसै संग माया गरि रहेका छौ कि प्रेम भन्ने स्पस्ट हुन सक्छ। जिवन बर्वाद हुन बाट जोगिन्छ धन्य हुन्छ। यो माया र प्रेम संग भ्यालिनटाईन डे को प्रसंग जोडिएको ले यो किन, कहिले र कसरी मनाइन्छ भन्ने बारे आफुले पढेको र बुझेको जानकारी गराउन चाहन्छु।

फ्रेब्रुवरी १४ लाई भ्यालिनटाईन डे पनि भनिन्छ। धेरै मानिसलाई थाह नहुन सक्छ कि भ्यालेन्टाईन डे किन मनाईन्छ भन्ने। कुनै पनि चाड पर्व तथा परम्पराका आआफ्ना मान्यता हुन्छन्। पश्चिमी सभ्यता युरोपवाट नै सुरु भएको हो र कृस्ययन धर्मको धार्मिक शहर ईटालिको रोम शहर भित्र नै रहेको छ। कृश्चियनहरुका धेरै धार्मिक संस्कृतिक पर्व तथा परम्पराहरु रोम वाटै आएको मानिन्छ। यो भ्यालेन्टाईन डे को सुरुआत पनि रोम बाट भएको हो। क्रिश्चियन धर्म मान्नेहरुले यसलाई परम्परागत रुपमा एक आपसमा प्रेम भाव साट्दै प्रेमी र प्रेमिका वा श्रीमान श्रीमती वा घर परिवार विच रातो गुलाफको फुल वा चक्लेटहरु वा विभिन्न उपहारहरु दिएर मनाउने गर्दछन।

मुस्लिम धर्म मान्नेहरु ले यसलाई महत्व दिदैनन् भने हिन्दू तथा अन्य धर्म मान्ने शहरिया युवा युवतीहरु समेत यद्यपि आफ्नो धर्मको परम्परागत मान्यता नभए पनि विदेशी प्रभावले एक आपसमा प्रेम भाव दर्शाउने उपहारहरु आहान प्रदान गर्ने दिवसको रुपमा मनाउने गर्दछन्। कुनै धर्म जात जाती तथा संस्कृती का सकारात्मक सन्देश दिने प्रचलन तथा परम्पराहरु मा रमाउनु र तिनलाई साथ दिनु अन्यथा मान्नु हुँदैन तर आफ्नो धर्म संस्कृती चाड पर्व परम्परारा मान्यताहरु लाई समेत महत्व दिने र प्रवर्धन गर्ने कार्य समेत अवश्य गर्नु पर्दछ।

भ्यालेन्टाईन डे किन मनाउन थालियो भन्ने सन्दर्भमा बिभिन्न मान्यताहरु होलान तर एउटा मान्यता भने यस्तो रहेको छ। करिव तेश्रो सताब्धी तिर ईटालिका राजाले सैनिकहरु ले विवाह गरे भने घर व्यवहारको चिन्ताले शत्रु संग लड्न सक्ने क्षेमताको ह्रास हुन्छ भनेर आफ्ना सिपाहिहरुलाई विवाह गर्न वन्देज गरे छन् यो कुरा उनका सिपाहिहरुलाई मन परेको थिएन। ति सिपाहि मधे एक जना सेन्ट भ्यालेन्टाईनलाई त झनै मन परेको थिएन। उनले भित्र भित्र ति सिपाहिहरु मधे कसैले विवाह गर्न चाहेमा राजालाई थाहै नदिई विवाह गराउने काम गर्न थाले।

केहि समय पछि सेन्ट भ्यालेन्टाईनले केहि सिपाहिको विवाह गराएको थाह पाए र राजाले उनलाई दरवारमा बोलाई मृत्युदण्डको सजाय सुनाए र जेलमा पठाएका रहेछन्। सेन्ट भ्यालेन्टाईन केहि तान्त्रिक शक्ती भएका व्यक्तित्व थिए सो कुरा उनको जेलरले थाह पाए। जेलरकी छोरी अन्धी थिईन आफ्नी छोरीको आखाको उपचार गरि दिन जेलरले सेन्ट भ्यालेन्टाईनलाई एक दिन घरमा लगेर अनुरोध गरे। सेन्ट भ्यालेन्टाईनले आफ्नो शक्तिले जेलरकी छोरीको आँखाको ज्योती फर्राई दिए। जेलरकी छोरी ज्यादै खुसी भईन र सेन्ट भ्यालेन्टाईनलाई पटक पटक भेटन जान्थिन।

सेन्ट भ्यालेन्टाईनलाई मृत्युको सजाए भैसकेको थाह पाएर पनि उनिहरु विच प्रेम बस्यो। १४ फरवरी को दिन सेन्ट भ्यालेन्टाईनलाई फासी दिने दिन थियो यो सुनेर जेलरकी छोरी ज्यादि दुखी थिईन। जव १४ फरवरीको दिन आयो सेन्ट भ्यालेन्टाईनलाई फासी दिने तर्खर सुरु भयो सेन्ट भ्यालेन्टाईनले जेलर संग एउटा कलम र कागज मागे र जेलरकी छोरी अर्थात आफ्नी प्रेमिका लाई अन्तिम सन्देश लेखेर अन्तमा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए। सेन्ट भ्यालेन्टाईनको त्यो त्याग र समर्पण को दिनको संझना स्वरूप त्यस दिनलाई भ्यालेन्टाईन डे अर्थात ‘प्रेम दिवस’ भन्न थालिएको भनाई रहेको छ।

यसरी भ्यालेन्टाईन डे हाम्रो परम्परागत मान्यता होईन मनाउनु पर्छ भन्ने छैन । यदि अरुको परम्परामा रमाउन मन लाग्छ भने उनिहरु संगै खुसी वाढन मन लाग्छ भने अपराध चाहि होईन। यसलाई हाम्रो आफ्नै मान्यतामा परिस्कृत गरि आफ्नो घर परिवार वुवा आमा दाजु भाई दिदी बहिनी श्रीमान श्रीमति विच तथा आफन्त विच प्रेम भाव दर्शाउने, आदरभाव दर्शाउने उनिहरुले गरेका त्याग, सम्पर्ण तथा प्रेम भावलाई सम्मान गर्ने परम्पराको रुपमा मनाउन सकिन्छ। यसबाट एक आपसमा प्रेम भाव अवश्य वढने छ जुन अहिलेको चरम स्वार्थमा अल्झिएको समाजमा अलि कती सकारात्मक सन्देश दिन सकिन्छ। सांस्कृतिक सहिष्णुता वढन सक्छ।

अरुको संस्कृतिको समान गरौ,  आफ्नो संस्कृतिको जगेर्ना गरौ ।

हाल : टेक्सास

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com