भिसा विना मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न खोज्दा अहिले के हुन्छ ?


प्रकाशित मिति : पुस १८, २०७९ सोमबार

TOPSHOT – Migrants cross the razor fence placed by elements of the Texas National Guard on the banks of the Rio Grande, in El Paso, Texas, US. border with Ciudad Juarez, Chihuahua state, Mexico, on December 20, 2022. – Title 42, a President Donald Trump pandemic-era law that authorize United States border officials to expel migrants is supposed to end on December 21. (Photo by Herika Martinez / AFP)

अहिले भिसा विना मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न खोज्दा आप्रवासीले सुरुमा २ वटा स्थीतिको सामना गर्नुपर्छ । या त आव्रवासीलाई महामारी सम्बन्धित नियम टाइटल ४२ अन्तरगत अन्तिम ट्रान्जिट भएको मुलुकमा सिमाक्षेत्रबाट सिधै फिर्ता गरिन्छ या त परम्परागत अध्यागमन प्रकृया अन्तरगत अमेरिकामा शरण खोज्ने मौका दिइन्छ ।

मार्च २०२० मा ट्रम्प प्रशासनले कोरोना महामारी फैलिन नदिन जोखिमयुक्त देशबाट आएका धेरै जसो शरणार्थीहरूलाई सीमाबाट अमेरिका प्रवेश नदिई फर्काउन टाइटल ४२ नामको सार्वजनिक स्वास्थ्य नियम लागु गरेको हो । यो नियम अन्तरगत उनीहरूलाई एसाइलमका लागि मौका नदिइकनै फर्काउने गरिन्छ । यो नियम बाइडेन प्रशासनले अन्त्य गर्न चाहेपनि अदालतले अन्त्य गर्नबाट रोकेको छ । जसका कारण यो नियम अन्तरगत हरेक महिना १ लाखको हाराहारीमा आप्रवासीहरु सिमाक्षेत्रबाट फर्काइने गरेको छ ।

यदि टाटइल ४२ अन्तरगत नफर्काएको खण्डमा तपाईलाई तीब्र गतिको देशनिकालामा राख्दै अमेरिकामा एसाइलमको मौका दिइन्छ । यो अवस्थामा यदि तपाई स्वेदश फर्कदा यातनाको शिकार हुने विश्वसनीय आधार रहेको खण्डमा तपाईले युएससीआईएसका एसाइलम अधिकारी वा अध्यागमन अदालतका न्यायाधिससमक्ष एसाइलमका लागि अनुरोध गर्न सक्नुहुन्छ ।

यदि एसाइलम अधिकारीले तपाईंलाई स्वेदश फर्कन डर भएको फेला नपारेमा अध्यागमन अदालतमा पठाइन्छ । तपाईले अध्यागमन अदालतमा एसाइलमको अनुरोध नगरेमा वा अध्यागमन अदालतले पनि तपाईलाई स्वदेश फर्कन कुनै डर नभएको निर्धारण गरेमा तपाईलाई आइसले अमेरिकाबाट देशनिकाला गर्नसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाई सिमाक्षेत्रमा आइसबाट समातिएपछि तपाईलाई तीब्र गतिको देशनिकालाको प्रकृयामा राख्ने क्रममा आइस वा सीबीपीका अधिकारीसँग तपाईले एसाइलम गर्न चाहेको, स्वदेश फर्कदा यातना वा अन्य कुनै त्रास रहेको बताएको खण्डमा एसाइलम अधिकारीहरुले तपाईको क्रेडिबल फियर अन्तरवार्ता लिन्छन् ।

यदि तपाईंले एसाइलमका लागि आवेदन दिन चाहेको वा स्वेदश फर्केमा ज्यानको जोखिम भएको बताएको खण्डमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले तपाईंलाई क्रेडिबल फियर प्रक्रियाको बारेमा जानकारी प्रदान गर्नेछ। आइसले तपाईलाई यो प्रक्रियाको समयमा हिरासतमा राख्न सक्छ। अन्तरवार्ता अगाडि तपाई सिमाक्षेत्रमा समातिएको ४८ घण्टा भइसकेको हुनुपर्ने भएतापनि त्यसमा छुट प्रदान हुनसक्छ ।

यदि तपाईले क्रेडिबल फियर अन्तरवार्ताका क्रममा आफूलाई स्वेदश फर्कदा ज्यानको जोखिम र यातनाको डर भएको पुष्टी गर्न सकेमा तपाईलाई एसाइलम मेरिट नामको दोश्रो अन्तरवार्ताको मौका दिइन्छ । यो अन्तरवार्तामा सफल भएमा तपाईले सिधै अमेरिकामा शरण पाउन सक्नुहुनेछ । यदि असफल भएमा तपाइलाई अध्यागमन अदालतमा पठाइनेछ । त्यहाँ तपाईले अध्यागमन अदालतका न्यायाधिस समक्ष एसाइलम दावी गर्न सक्नुहुनेछ ।

यदि अध्यागमन अदालतले तपाई स्वदेश फर्कदा यातना र ज्यानको जोखिमको डर भएको हुनसक्ने निष्कर्ष निकालेमा या त तपाईको आवेदन एसाइलम मेरिट अन्तरवार्ताका लागि युएससीआईएसका एसाइलम अधिकारीसमक्ष पठाइन्छ, या त अध्यागमन अदालतले तपाईको आवेदनको टुंगो लगाउँछ । यदि तपाईलाई स्वेदश फर्कदा कुनै डर वा जोखिम नभएको निष्कर्ष निकालिएमा तपाईलाई देशनिकाला गरिनसक्छ ।

तपाईलाई यो सबै प्रकृयाभर हिराशतमा राख्न पनि सक्छ वा निगरानीमा छाड्न पनि सक्छ ।

चरणबद्ध रुपमा लागु

विगत २५ बर्षदेखि अमेरिकामा विना भिसा सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेलाई तीब्रगतिको देशनिकालामा राखेर दुईवटा प्रकृया अगाडि बढाउने गरिएको थियो । एसाइलम अफिसरले उनीहरुको स्वदेश फर्कनका लागि डर विश्वसनीय भए नभएको निर्धारण गर्ने अन्तरवार्ता लिने र यदि यो अन्तरवार्ता उत्तिर्ण गरेको खण्डमा उनीहरुलाई एसाइलमबारे अन्तिम निर्णयका लागि अध्यागमन अदालतमा पठाइने गरिदै आएको थियो ।

तर सन् २०२२ को मे ३१ बाट लागु भएको नयाँ नियम अनुशार तीब्र गतिको देशनिकालाको प्रकृयामा रहेका र स्वदेश फर्कनका लागि डर विश्वसनीय भए नभएको निर्धारण गर्ने क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरेकाहरुलाई अदालतमा नपठाई युएससीआईएसका एसाइलम अधिकारीले अन्तरवार्ता लिएर एसाइलम स्वीकृत गर्ने वा नगर्नेबारे निर्णय गर्छन् । यो नियम चरणबद्ध रुपमा लागु गरिएको छ भने न्युयोर्क लगायतका स्थानमा बस्ने आशय भएकाहरुका सन्दर्भमा लागु गरिएको छ ।

अन्तरवार्ता भइसकेपछि युएससीआईएसका अधिकारीसँग यसबारे निर्णय गर्ने ६० दिनको समय हुन्छ । स्वीकृत भएको खण्डमा अदालत नगइकन अमेरिकामा बस्ने अनुमति दिइन्छ । त्यसपछि उनीहरुले एकबर्षपछि ग्रिनकार्ड आवेदन दिन पाउनेछन् ।

तर यो अन्तरवार्तामा एसाइलम अस्वीकृत भएको खण्डमा भने आवेदकलाई अदालतमा पठाइन्छ । यो अवस्थामा आवेदकको एसाइलम स्वीकृत गर्ने वा नगर्नेबारे अदालतले नै निर्णय गर्नेछ । यो प्रकृया झण्डै ९० दिनको हुन्छ ।

अध्यागमन अदालतमा पठाइएको ३० दिनभित्र आवेदकको मुद्दाको पहिलो सुनुवाई हुन्छ । त्यसपछि उनीहरुलाई ३० दिनभित्र आफ्नो मुद्दाबारे प्रमाण पेश गर्नका लागि एउटा मौका दिइनेछ । त्यसको ३० दिनपछि आवेदकको मुद्दबारे अन्तिम सुनुवाई हुन्छ । यसरी युएससीआईएसका अधिकारीले अन्तरवार्ता लिएको ९० दिनमा अदालतले यसबारे टुंगो लगाउने लक्ष्य रहेको छ । यद्यपी एसाइलम आवेदकले आफ्नो मुद्दाबारे तयारी गर्न थप ३० दिन माग्नसक्ने भएकाले अधिकतम ४ महिनाभित्र मुद्दाको टुंगो लाग्नसक्नेछ ।

त्यसपछि या त आवेदकको एसाइलम स्वीकृत हुनेछ, या त अदालतबाट देशनिकालाको निर्णय हुनेछ । एसाइलम स्वीकृत भएको खण्डमा उनीहरुले अमेरिकामा काम गर्न र अन्य अधिकार पाउनुका साथै एकबर्षपछि ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अस्वीकृत भएको खण्डमा आईसमार्फत देशनिकाला हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com