अमेरिकाबाट २८ जना नेपालीलाई विमान चार्टड गरेर देशनिकाला


प्रकाशित मिति : पुस १८, २०७९ सोमबार

आर्थिक बर्ष २०२२ मा मात्र अमेरिकाबाट  विमान चार्टड गरेर २८ जना नेपालीहरुलाई देशनिकाला गरेर नेपाल पठाइएको खुलासा भएको छ ।

अप्रिलको पहिलो साता अमेरिकाबाट एकैपटक ७ जना नेपालीलाई देशनिकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो । देशनिकाला गरिएका सातैजनालाई विना भिसा अमेरिका आएको आधारमा देशनिकाला गरिएको थियो । उनीहरु दलाललाई लाखौं रकम बुझाएर विना भिसा अमेरिकी सिमाक्षेत्रमा पुगेका थिए ।

तर अमेरिकाबाट २०२२ मा नेपालीहरु देशनिकाला भएको योमात्र पहिलो घटना होइन । आर्थिक बर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८ जना नेपालीहरुलाई देशनिकाला गरेर नेपाल पठाइएको छ । जुन २०२१ को तुलनामा बढी हो ।

यो संख्यामा अमेरिकी अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएर स्वेच्छिक रुपमा अमेरिका छाड्नेहरुको संख्या समावेश छैन । यो आइसको हिराशतमा बसेर आइसकै खर्चमा अमेरिकाबाट देशनिकाला हुनेहरुको विवरण हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२१ मा २३ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाइएको थियो २०२० मा ९७ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाइएको थियो ।

उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु हुन् । आइसले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।

आर्थिक बर्ष २०१९ मा आइसले अमेरिकाबाट १६२ जना नेपालीहरुलाई देशनिकाला गरेर नेपाल पठाएको थियो । त्यस्तै आर्थिक बर्ष २०१८ मा ४५ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो । आर्थिक बर्ष २०१७ मा पनि यो संख्या ४५ नै थियो । आर्थिक बर्ष २०१६ मा भने २५ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो ।

आर्थिक बर्ष २०१५ मा २३ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो । त्योभन्दा अगाडि २०१४ मा ४४ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देशनिकाला गरेर नेपाल पठाएको थियो ।

अमेरिकामा आइसद्वारा गिरफ्तारी र देशनिकाला सन् २०२१ मा रेकर्ड न्यून स्तरमा झरेको थियो । तर आर्थिक वर्ष २०२२ मा भने बढेको सरकारी रिपोर्टले देखाएको छ । अमेरिकाबाट आर्थिक बर्ष २०२२ मा आइसले कुल ७२ हजार १ सय ७७ जनालाई देशनिकाला गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com