अमेरिकामा झण्डै १६ लाख एसाइलम आवेदन पेन्डिङ, नेपाली ३६४५ , मेक्सिकोबाट आएका नेपाली २२३६


प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार

अमेरिकामा लगभग १६ लाख एसाइलम आवेदनहरु अध्यागमन अदालतहरू र युएससीआईएसमा विचाराधीन रहेका छन् । जुन अहिलेसम्म पेन्डिङ एसाइलमका मुद्दाहरूको सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकी अध्यागमन अदालतहरूमा आर्थिक वर्ष २०१२ बाट एसाइलमका मुद्दाहरूमा सात गुणा बढी वृद्धि भएको देखिएको छ । सन् २०१२ मा अध्यागमन अदालतमा १ लाख मुद्दाहरू विचाराधीन थिए भने आर्थिक वर्ष २०२२ को अन्त्यमा साढे ७ लाख मुद्दाहरु विचाराधीन रहेका छन् ।

आर्थिक बर्ष २०२३ को २ महिना अर्थात् अक्टोबर र नोभेम्बरमा मात्र एसाइलमको ब्याकलग ३० हजारभन्दा भन्दा बढी नयाँ केसहरूले बढेको छ । अहिले कुल ७ लाख ८७ हजारभन्दा धेरै मुद्दाहरु अध्यागमन अदालतमा विचाराधिन रहेका छन् ।

२१९ विभिन्न देश र भूभागका एसाइलम आवेदकहरु विभिन्न ४१८ वटा भाषाहरू बोल्छन् । हरेक १० जना मध्ये ३ जना १८ वर्ष मुनिका बालबालिका छन् । एसाइलम आवेदकहरु अधिकांश ग्वाटेमाला, भेनेजुएला, क्युबा र ब्राजिलका छन् । फ्लोरिडा र म्यासाचुसेट्स सबैभन्दा ठूलो एसाइलमन आवेदन वृद्धि भएका राज्यहरू हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलमका मुधाको सुनुवाइको औसत पर्खाइ समय लगभग ४ वर्ष ४ महिना रहेको छ । तर ओमाहा, नेब्रास्कामा सबैभन्दा धेरै प्रतिक्षा समय औसत झण्डै ६ बर्ष रहेको छ ।

एसाइलम खोज्नेहरुको बढ्दो संख्यालाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको अल्टरनेटिभ टु डिटेन्सन प्रोग्राम मार्फत इलेक्ट्रोनिक रूपमा निगरानी गरिरहेको छ । जसमध्ये करिब २ हजार आइसको हिराशतमा रहेका छन् ।

अध्यागमन अदालतमा विचाराधिन रहेका एसाइलमका मुद्दाहरुमध्ये ३६४५ नेपालीहरुका मुद्दाहरु हुन् । उनीहरुका सबैभन्दा धेरै १८७० मुद्दा न्युयोर्कमा विचाराधिन रहेका छन् भने सान फ्रान्सिस्कोमा ९२६ मुद्दाहरु विचाराधिन छन् । सान एन्टोनियोमा २७६, बोष्टनमा ७६, बाल्टिमोरमा ७५ नेपालीका एसाइलम मुद्दाहरु विचाराधिन रहेका छन् ।

एसाइलमका मुद्दा विचाराधिन रहेका नेपालीहरुमा ६३८ जना २५ देखि ३४ बर्षसम्मका रहेका छन् भने ३८७ जना १८ देखि २४ बर्षसम्मका छन् । त्यस्तै ३५ देखि ४४ बर्षसम्मका ३२६ जना र ४५ देखि ५९ बर्षसम्मका ८६ जना रहेका छन् । १७ बर्षभन्दा कम उमेरका ७२ जना छन् भने ६० काटेकाहरु १३ जना रहेका छन् ।

अदालतमा एसाइलम मुद्दा विचाराधिन हुने कुल नेपालीमध्ये पहिलो युएससीआईएसमा आवेदन दिएर अदालतमा रिफर गरिएकारुहरु १४०९ जना रहेका छन् । सिधै अध्यागमन अदालतमा पठाइएकाहरु २२३६ जना रहेका छन् । सिधै अध्यागमन अदालतमा पठाइएकाहरु मेक्सिकोको सिमाक्षेत्रबा विनाभिसा अमेरिका प्रवेश गर्नेहरु हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com