कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन नहुने योजना आयोगको अध्ययन


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

bokeh photography of person carrying soil

राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाएको छ । योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९’ ले कृषिउपज उत्पादनका लागि विदेशी लगानी ल्याउन नहुने सुझाव दिएको हो । यद्यपि, भण्डारण, प्रशोधन र बजारीकरणका लागि भने विदेशी लगानी ल्याउन सकिने उक्त प्रतिवेदनको सिफारिस छ ।

“कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीको आवश्यकता देखिँदैन । यो क्षेत्रका निम्ति नेपालका बैंकहरूले पर्याप्त ऋण दिइरहेको अवस्था छ र सरकारले पनि सोको उत्थानका लागि निरन्तर रुपमा कर छुट र अन्य नीति लाभ दिइरहेको छ”, उक्त प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, कृषिको प्राथमिक क्षेत्रमा उद्यम गर्ने कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएकाले त्यस्ता कम्पनी विदेशी लगानीको खोजीमा नरहेको कुरा देखाएको पनि प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा कृषि क्षेत्रमा विदेशी लगानीको पहल गर्ने कुरा तर्कसङ्गत नहुने उक्त अध्ययनको निष्कर्ष छ तर, कृषि उत्पादनमा मूल्य अभिवृद्धि (भ्यालु एड) गर्ने गरी प्रशोधन, भण्डारण र बजारीकरणका क्षेत्रमा भने विदेशी लगानी ल्याउन सकिने अध्ययनले देखाएको छ ।

“शीत भण्डारण (कोल्ड स्टोरेज), क्यानिङ, प्रोसेसिङ, मिल आदि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आवश्यक छ । ती क्षेत्रमा आउने प्रत्यक्ष विदेशी लगानीलाई नियमन गर्न एक छुट्टै नियमावलीको आवश्यकता देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कृषिको दोस्रो (सेकेन्डरी) क्षेत्रमा आउने विदेशी लगानीलाई नियमन गर्न बनाइने नियमावलीले कृषिको कुन क्षेत्रमा त्यस्तो लगानीलाई अनुमति भएको र नभएको भनी स्पष्टरूपमा लेखिएको हुनुपर्ने सिफारिस यो अध्ययनले गरेको छ । “नियमावलीले प्रत्यक्ष विदेशी लगानीअन्तर्गत प्रयोग हुन आउने विदेशी भूमि माथिको हक र स्वामित्वको विषयलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ । नियमावलीले किसानको अधिकार र लाभको कुरा पनि समेट्नुपर्छ ।” प्रतिवेदनमा भनिएको छ ।

पछिल्ला वर्षहरुमा नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको छ । करिब ६६ प्रतिशत जनसङ्ख्या कृषिमा प्रत्यक्षरूपमा संलग्न भए पनि यस क्षेत्रबाट चाहिए जति उत्पादन नभइरहेको र नेपालले पर्याप्त लाभ लिन नसकिरहेको प्रतिवेदनमा उल्लेख छ । नेपालको संविधानमा रहेका राज्यका नीतिअन्तर्गत धारा ५१ (ज) ले ‘कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यताअनुरुप जलवायु र माटो अनुकूलको खाद्यान्न उत्पादन, आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्था गर्ने’ भनी कृषि क्षेत्रमा लगानीसम्बन्धी व्यवस्था गरेको तर कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीको आवश्यकता छ वा छैन भन्नेबारेको विषय अहिले पनि विवादित छ ।

सरकारले २०७७ पुसमा कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन दिने निर्णय गरेको थियो तर सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले २०७७ माघमा अल्पकालीन आदेश दिएको थियो । यो मुद्दाको अन्तिम फैसला भने अझै आइसकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com