अमेरिकाले दियो महामारी अगाडिको भन्दा पनि धेरैलाई ग्रिनकार्ड पाउनेगरी आप्रवासी भिसा


प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार

अमेरिकाले आर्थिक वर्ष २०२२ मा विदेशमा रहेका आप्रवासीहरूलाई करिब ५ लाख आप्रवासी भिसा जारी गरेको छ । कोभिड १९ महामारीको सुरुमा भिसा स्वीकृतिमा तीव्र गिरावट आएको आर्थिक बर्ष २०२२ मा अध्यागगनले गति लिएको छ । यो संख्या कोरोना महामारी अगाडि आर्थिक बर्ष २०१९ को भन्दा पनि धेरै हो ।

सेप्टेम्बर ३० मा समाप्त भएको १२ महिनाको अवधिमा अमेरिकी विदेश मन्त्रालयले ग्रिनकार्ड पाउनेगरी अमेरिका आउनका लागि ४ लाख ९३ हजारलाई आप्रवासी भिसा जारी गरेको छ । यो आर्थिक वर्ष २०२१ को तुलनमा ७३ प्रतिशत र २०१९ को तुलनामा ७ प्रतिशत बृद्धि हो ।

अमेरिकामा आप्रवासी भिसामा आउने धेरै कानुनी च्यानलहरू छन्ज, जसमध्ये परिवारमा आधारित, डिभी लोटरी र रोजगारमा आधारित आप्रवासी भिसा मुख्य हुन् । त्यो बाहेक अमेरिकी शरणार्थी कार्यक्रम पनि रहेको छ । पर्यटकहरू, अल्पकालीन कामदारहरू र अन्य अस्थायी भिसा वाहकहरु गैर आप्रवासी भिसामा अमेरिका आउँछन् भने आप्रवासी भिसामा अमेरिका आउनेहरुले अमेरिकामा बस्न र काम गर्न पाउने गरी ग्रिनकार्ड पाउँछन् । र अमेरिकामा निश्चित बर्ष बसेपछि नागरिकता समेत पाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२१ मा २ लाख ८५ हजारले र आर्थिक बर्ष २०२० मा २ लाख ४१ हजारले आप्रवासी भिसा पाएका थिए । अहिलेसम्मको इतिहासमा आर्थिक बर्ष सन् २०१६ मा सबैभन्दा धेरै ६ लाख १८ हजारले अमेरिकाको आप्रवासी भिसा पाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com