भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान


प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार

“चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ रित्तिँदैछ । चिसोमा भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी बचाउनै मुस्किल हुन्छ”, हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्नुहुन्छ ।

“पानी जम्दैछ । लेकमा बस्न सकिँदैन । लेकमा घाँस पनि सकिन थाल्यो । लेकबाट बेँसी झारेर बचाउन लागिरहेको छु”, उहाँ भन्नुहुन्छ, “यी पशुको माया लाग्छ, छोडेर कहीँ जान सक्दिन । यिनैको मायाले यही पानी तताएर खुवाउँदै बसेको छु ।” भेडाच्याङ्ग्रा र चौँरीसहित गोठाला बेँसी झरिसकेका उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पानी प¥यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ । माथि चिसो भएपछि यहाँ झरेका हौँ । यहाँ पनि चिसो बढ्दैछ । अब बेँसीमै बस्ने हो । अब एक सातामा सबै तल झर्छन् । भेडाका पाठा कठ्याङ्ग्रिन थालेपछि तल झरेका छौँ ।” उहाँको गोठमा अहिले ६५ चौँरीलगायत भेडाच्याङ्ग्रा गरी ७० पशु रहेका छन् ।

नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्नहुन्छ, “वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट बेँसी झर्छन् यहाँका स्थानीयवासी । अबको एक सातामा पूरै गाउँ रित्तिन्छ ।” जाडोमा गहँु, फापरका नल खुवाएर राखिने गरिएको उहाँ बताउनुहुन्छ ।

मनाङका अधिकांश स्थानीयवासी पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बँेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । उहाँले अब चैत पहिलो साता मात्रै लेक चढ्ने बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामीले हिमलुङ हिमालको फेदी, आइसलेक, नाम्के लेकको फेदीसम्म चौँरी, भेडाच्याङ्ग्रा चराउन लैजाने गरेका छौँ । अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न, भेडाच्याङ्ग्रा राख्न पनि सकिन्न”, उहाँले भन्नुभयो, “अब चैत महिनासम्म यहीँ हुन्छौँ, सुकेका घाँस खुवाएर राख्छौँ ।”

उहाँले पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै राखिने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कमा लैजाने बताउनुभयो । लेकमा बस्न घाँस पनि सकिएको उहाँको भनाइ छ । उहाँले पानी नपरे पनि गोठ नै पुरिने गरी तुसारो परेपछि पशुपालक बेँसी झरेका बताउनुभयो । “अहिले छिट्टै चिसो बढ्यो । पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०÷१२ दिन छँदै सबै गोठाला बँेसी झरिसकेका छन् । चिसोले भेडाच्याङ्ग्रा, चौँरी बिरामी पर्न थाले । गोठाला पनि बिरामी हुन लागेपछि हामी सबै तल झरेका छौँ”, उहाँले भन्नुभयो ।

मनाङका पशुपालक किसानले अहिले पनि पुख्र्यौली पेसा अँगाल्दै आएका छन् । यहाँ उत्पादन हुने पशुचौपाय जिल्लामा नै खपत हुने गरेको किसान याङदुङ बताउनुहुन्छ । केही युवा पुस्ता यसै पेसामा आबद्ध रहेको उहाँ बताउनुहुन्छ । भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।

“पहिलेपहिले गाउँका धेरै मान्छेले भेडाच्याङ्ग्रा र चौँरी पाल्ने गर्थे । लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो । सबै एकैपटक जान्थ्यौँ । नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं । अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्”, उहाँ भन्नुहुन्छ, “पुराना बूढापाका नसक्ने भए । युवा पर्यटन व्यवसायतर्फ लाग्न थालेपछि पशुपालन कम भएका छन् ।”

उहाँले अरु व्यवसायको तुलनामा पशुपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताउनुभयो । देशैभर चिसो बढ्ने क्रममा छ । चिसो बढेसँगै हिमाली जिल्ला मनाङका किसान तथा स्थानीयवासीलाई जीवनयापनमा सकस हुने गर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com