एसाइलम अफिसबाट आवेदन फिर्ता लिंदा नगर्नुहोला यी ३ गल्ती


प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार

अमेरिकाका एसाइलम अफिसमा झण्डै साढे ५ लाख आवेदनहरु विचाराधिन रहेका छन् । कैयन आवेदनहरु आठ वर्ष वा सोभन्दा बढी समयदेखि अन्तर्वार्ताको लागि पर्खिरहेका छन्। आवेदकहरू कहिलेकाहीं एसाइलमको आफ्नो आवेदन फिर्ता लिन चाहन्छन्। तर यसरी फिर्ता लिंदा केही कुरामा ध्यान दिनुपर्छ ।

पहिलो, युएसीआईएसको एसाइलम अफिसमा रहेका एसाइरुलम आवेदनमात्र फिर्ता लिन सकिन्छ । यदि तपाइँको अध्यागमन अदालतमा मुद्दा छ भने भने पनि तपाईले एसाइलम आवेदन फिर्ता लिन त सक्नुहुन्छ, तर तपाइँसँग अध्यागमन राहतको विकल्प छैन भने या त तपाईले देशनिकालाको सामना गर्नुपर्छ या त पीडी लगायतका सुविधा पाउन सक्नुहुनेछ ।

एसाइलम अफिसमा रहेको आवेदन फिर्ता लिनका लागि केही अवस्थाहरु हुनसक्छन् । तपाईले अमेरिका छाडेमा, ग्रीन कार्ड प्राप्त गरिसकेको भएमा, एचवानबी तथा विद्यार्थी भिसा लगायत तपाईंसँग अमेरिकामा कानुनी रुपमा रहन अनुमति दिने वैध गैर आप्रवासी भिसा वा स्थिति रहेको अवस्थामा तपाईले आवेदन फिर्ता लिन सक्नुहुनेछ । यदि तपाईं अमेरिकामा हुनुहुन्छ र तपाईको कुनै बैध स्थिति छैन भने आवेदन फिर्ता लिँदा र एसाइलम अफिसले फिर्ता लिने अनुमति दिएको खण्डमा तपाईको आवेदन अध्यागमन अदालतमा पठाइन्छ ।

यो अवस्थामा दुईवटा परिदृश्यहरू आउनसक्छन् । मानिसहरूले अमेरिकी नागरिकसँग विवाहको आधारमा ग्रीन कार्ड प्राप्त गरेपछि वा अमेरिका छाडेपछि एसाइलम आवेदन फिर्ता लिन खोज्छन् । विवाहको मामला वा अन्य ग्रीन कार्ड केसको लागी ग्रिनकार्ड पाइसकेपछिमात्र एसाइलम आवेदन फिर्ता लिन कानुन व्यवसायीको सुझाव छ । किनभने ग्रिन कार्ड नभएसम्म एसाइलम आवेदन चाँडै फिर्ता लिँदा ग्रिनकार्ड आउनु अगाडि नै तपाइँको आवेदन अध्यागमन अदालतमा जानसक्छ । जसले तपाइँको ग्रीन कार्ड आवेदनमा नकारात्मक असर पर्नसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

त्यसैगरी अमेरिका छोड्ने मानिसहरूका लागि उनीहरू देश बाहिर नभएसम्म पर्खन कानुन व्यवसायीको सुझाव छ । यदि अमेरिका छोड्नु अघि आवेदन फिर्ता लिएमा तपाईंलाई अध्यागमन अदालतमा पठाउन सक्छ । अदालतको मुद्दा कसरी समाप्त हुन्छ भन्ने आधारमा तपाईलाई भविष्यमा अमेरिका फर्कन अझ गाह्रो बनाउन सक्छ।

मुद्दा फिर्ता लिने सबैभन्दा सजिलो तरिका भनेको आफ्नो स्थानीय एसाइलम अफिसमा इमेल गर्नु र मुद्दा फिर्ता लिन अनुरोध गर्नु हो। स्थानीय एसाइलम अफिसको इमेल ठेगानाका लागि यहाँ क्लीक गर्नुहोला । तपाईले आफनो जीपकोडमार्फत आफ्नो स्थानीय एसाइलम अफिस, त्यहाँको फोन नम्बर र इमेल ठेगाना पत्ता लगाउन सक्नुहुनेछ ।

आफ्नो केस नम्बर उल्लेख गर्दै आफूले आवेदन फिर्ता लिनुपर्नाको कारण समावेश गरेर इमेल गर्नुपर्छ । फिर्ता लिनका लागि एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म तपाईले एसाइलम अफिसमा सम्पर्क गरेर माग्न पनि सक्नुहुनेछ । साथमा आफुले पाएको ग्रिनकार्ड वा अमेरिका छाडिसकेको प्रमाण पेश गर्न सकिनेछ ।

तपाईंले एसाइलम अफिसमा इमेल गरेपछि, धेरैजसो कार्यालयहरूले तपाईंलाई स्वचालित जवाफ पठाउनेछन्। त्यस पछि तपाईंले निर्णय वा थप जानकारीको लागि अनुरोधको लागि पर्खनु पर्नेछ। निर्णय उही दिन पनि आउसक्छ । केही हप्ता वा महिना पनि लाग्नसक्छ । एक वा दुई महिना भित्र कुनै जवाफ नआएमा तपाइँले अर्को फ्लोअप इमेल पठाउन सक्नुहुनेछ ।

अन्ततः एसाइलम अफिसले निर्णय गर्नेछ। यदि तपाइँ संयुक्त राज्य अमेरिका बाहिर हुनुहुन्छ वा यदि तपाइँको ग्रिनकार्ड छ भने तपाइको आवेदन फिर्ता हुनेछ र मुद्दा बन्द हुनेछ। मुद्दा फिर्ता लिनुले तपाईंले पहिले एसाइलमका लागि आवेदन दिएको तथ्यलाई मेटाउँदैन । त्यसैले यदि तपाईं आफ्नो देश फर्कने योजना बनाउनुहुन्छ वा तपाईंको शरणसम्बन्धी मुद्दासँग मेल नखाने कुनै व्यवहारमा संलग्न हुन चाहनुहुन्छ भने तपाईंले सधै व्याख्या गर्न तयार हुनुपर्छ ।

तपाईंको एसाइलम आवेदनमा आश्रितहरू भएका पनि उनीहरुको पनि आवेदन फिर्ता हुन्छ । यदि तिनीहरूले अमेरिका छोडेका छन् वा यहाँ कानुनी स्थिति छ भने तपाईंले आफ्नो मुद्दा फिर्ता लिन अनुरोध गर्दा एसायरलम अफिसलाई त्यसको प्रमाण पनि उपलब्ध गराउनुपर्छ। यदि होइन भने आश्रितहरूलाई देशनिकालाको प्रक्रियामा राख्न सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com