अमेरिका भिसा नयाँ डिजाइनमा, पूरानो भिसा हुनेहरुले के गर्ने ?


प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार

अमेरिकाको भिसा नयाँ डिजाइनमा जारी गर्न सुरु गरिएको सीबीपीले जनाएको छ । नयाँ डिजाइनमा लिंकनको तस्वीरको ठाउँमा गोल्डेन गेट ब्रिज राखिएको छ ।

पुरानो भिसा स्टीकरको स्टक सकिएपछि हरेक अमेरिकी दूतावास र कन्सुलरहरुले नयाँ डिजाइनको भिसा जारी गर्नेछन् । यद्यपी पूरानो डिजाइनको भिसा छ भने पनि उक्त भिसामा उल्लेखित अवधिसम्म उक्त भिसा काम लाग्ने र आवतजावत गर्न सकिने सीबीपीले जनाएको छ ।

पूरानै डिजाइनको भिसा भएकाहरुले कुनै कदम चाल्नुपर्नेछैन । उनीहरुले भिसा अवधि बाँकी रहँदासम्म पूरानै डिजाइनको भिसा प्रयोग गर्न सक्नेछन् । पूरानो भिसा अद्यावधिक भएसम्म उनीहरुले नयाँ डिजाइनको भिसा लिन आवश्यक पर्नेछैन ।

अमेरिकाको पूरानो डिजाइनको भिसा

मानक सुरक्षित कागजात संशोधन प्रक्रियाको एक भागको रूपमा, अमेरिकी कन्सुलर र दूतावासहरूले २०२३ मा पूर्णरुपमा नयाँ डिजाइनको भिसा जारी गर्न सुरु गर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ भिसामा सान फ्रान्सिस्को चर्चित गोल्डेन गेट ब्रिज मुख्य रूपमा रहेको छ। भिसा डिजाइनमा परिमार्जनले फेरबदल र नक्कली गर्न अझ गाह्रो बनाउने अधिकारीहरूले बताएका छन् । सामान्यतया आवेदकहरूले कन्सुलर अन्तर्वार्ता सफलतापूर्वक पास गरेपछि अमेरिकी भिसाहरू जारी गरिन्छ र विदेशी राहदानीहरूमा छाप लगाइन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com