गत महिना १६६४ नेपालीलाई अमेरिकाको भिजिटर भिसा, काठमाडौं दूतावासबाट १३४४


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

सेप्टेम्बरमा भिजिटर भिसामा रेकर्ड ब्रेक गरेको अमेरिकी दूतावास काठमाडौंले गत महिना अर्थात् अक्टोबरमा भने १३४४ लाई भिजिटर भिसा जारी गरेको छ । अक्टोबरमा विश्वभरबाट भने कुल १६६४ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् ।

सेप्टेम्बरमा अहिलेसम्मकै धेरै अर्थात् २०५४ जनालाई अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा जारी गरेको थियो, कुनैपनि महिनामा यति धेरैलाई अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा जारी गरेको मासिक रेकर्ड सार्वजनिक गर्न थालेपछिको यो नै पहिलो पटक थियो ।

सेप्टेम्बरमा अमेरिकी दूतावास काठमाडौंले २०५४ जनालाई भिजिटर भिसा जारी गरेकातापनि यो महिना अमेरिकी भिसा पाउने नेपालीहरुको संख्या विश्वभरबाट भने २३३० रहेको छ । अर्थात् नेपालमा भिसा अप्वाइन्टमेन्ट नपाएको अवस्थामा उनीहरुले अन्य देशमा रहेको अमेरिकी दूतावासमा गएर समेत भिसा लिएको देखिएको छ । अक्टोबरमा पनि उल्लेख्य संख्यामा नेपालीहरुले अन्य देशमा रहेको अमेरिकी दूतावासमा गएर समेत भिसा लिएको देखिएको छ ।

सेप्टेम्बर र अक्टोबरमा जस्तै अगस्तमा पनि उल्लेख्य संख्यामा नेपालीहरुले अन्य देशमा रहेको अमेरिकी दूतावासमा गएर समेत भिसा लिएको देखिएको छ । खासगरी मार्चदेखि नै अन्य देशमा रहेको अमेरिकी दूतावासमा गएर समेत भिसा लिने नेपालीहरुको संख्या बढ्दै गएको देखिन्छ ।

अमेरिकी दूतावास काठमाडौंले जुन मा १५८०, जुलाई १५५५, अगस्तमा १६३२ र सेप्टेम्बरमा २०५४ जनालाई भिजिटर भिसा जारी गरेको छ । मे महिनामा पनि अमेरिकी दूतावास काठमाडौंले रेकर्ड ब्रेक गर्दै २०२३ जनालाई भिजिटर भिसा जारी गरेको थियो । उक्त संख्या सन् २०१७ को मार्चदेखि अमेरिकी विदेशमन्त्रालयले मासिक रुपमा जारी भिसा संख्या सार्वजनिक गर्न थालेदेखिकै धेरै थियो । त्यसलाई सेप्टेम्बरको तथ्यांकले उछिनेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com