ग्रिनकार्डका लागि ७० हजार डलरका दरले ४० जनाको नक्कली विवाह गराइदिनेलाई १० बर्ष जेल


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

अमेरिकाको टेक्सास ह्युस्टनमा ग्रिनकार्डका लागि ४० जनाको नक्कली विवाह गराइदिने एक ५८ वर्षीया महिलालाई १० बर्षको संघीय जेल सजाय सुनाइएको अमेरिकी अधिवक्ता जेनिफर बी लोरीले घोषणा गरेका छन् । ७० हजार डलर दरले रकम लिएर विवाह गराइदिने उनलाई ३ लाख ३४ हजार डलर जरिवानाको सजाय समेत सुनाइएको छ ।

एशले येन न्युयेन नामकी ती महिलाले १० बर्षको जेल सजायपछि ३ बर्ष निरिक्षणमा बिताउनुपर्नेछ । न्युयेनले फेसबुक मार्फत विज्ञापन गरेर आफ्नो युएससीआईएसमा सम्पर्क व्यक्ति भएको र आफूपनि वकिल भएको दाबी गरेकी थिइन् ।

woman in gold dress holding sword figurine

भियतनामीहरुले अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड पाउनका लागि उनको समुहलाई ५० हजारदेखि ७० हजारडलरसम्म तिरेका थिए । नक्कली विवाहमा सहभागी हुने अमेरिकन नागरिकता भएको व्यक्तिलाई १५ हजारदेखि २० हजार डलरसम्म अफर गरेकी थिइन् ।

ह्युस्टनमा होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका विशेष एजेन्ट इन चार्ज मार्क डासनले चार वर्षभन्दा बढी समयसम्म ती महिलाले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विवाह ठगी सञ्चालन गरेर लाखौं कमाएको बताएका छन् ।

न्युयेनले दक्षिणपश्चिम ह्युस्टन क्षेत्रबाट विवाह ठगी संगठन चलाएको साथै उनका सहयोगीहरु टेक्सास र भियतनाममा सञ्जाल चलाएका थिए । उनीहरुले भियतनाममा समेत नक्कली विवाहबाट ग्रिनकार्डबारे सोशल मिडिया मार्फत विज्ञापन गरेका थिए ।

न्युयेन आफैं पनि जाली विवाह गरेर अमेरिका प्रवेश गरेकी थिइन् । उनी निकट भविष्यमा निर्धारण हुने अमेरिकी ब्यूरो अफ प्रिजन सुविधामा स्थानान्तरण हुन बाँकी रहेको हिरासतमा रहनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com