डिसेम्बर ११ मा विदामा समेत अमेरिकी दुतावास काठमाडौंले २ सयको विद्यार्थी भिसा अन्तर्वार्ता लिने


प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

अमेरिकी दूतावास काठमाडौंले डिसेम्बर ११ आइतबार विद्यार्थी भिसाका २ सय भिसा अन्तरवार्ताहरु लिने भएको छ । त्यसका लागि यसैसाता अप्वाइन्टमेन्टहरु खुला गरिएको छ ।

सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिएको हो । यस अगाडि पनि जुलाईमा सुपर सन्डे कार्यक्रम अन्तरगत विदाका दिन आइतबार समेत अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसाका लागि अन्तरवार्ता लिएको थियो ।

अमेरिकी दूतावास काठमाडौंले विभिन्न ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको छ । पासपोर्ट, अप्वाइन्टमेन्ट कन्फर्मेशन, आवेदकले हस्ताक्षर गरेको आई २० फर्म वा डीएस २०१९, सेभिज शुल्क तिरेको रिसिप्ट, पछिल्ला शैक्षिक प्रमाणपत्रहरु, दुईप्रति ६ महिनाभित्रको पासपोर्ट २ २ तस्वीर र डीएस १६० कन्फर्मेशन पेजसहित भिसा अन्तरवार्तामा आउन सुझाव दिइएको छ ।

सामान्यतया आइतबार दूतावास बन्द हुने भएतापनि विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवशरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको हो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com