नेपालमा अध्ययनरत अमेरिकन विद्यार्थी २ बर्षमा ६४७ बाट घटेर ७, अघिल्लो बर्षको तुलनामा ९८% कम


प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरु अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत देशको सुचीमा १२ औं नम्बरमा परेका छन् । तर नेपालमा अध्ययनरत अमेरिकन विद्यार्थीहरुको संख्या भने निकै कम रहेको छ ।

ओपन डोर्सको रिपोर्ट अनुशार शैक्षिक शत्र २०२० /२०२१ मा नेपालमा उच्च शिक्षाका लागि अध्ययनरत अमेरिकन विद्यार्थीहरुको संख्या ७ मात्र रहेको छ । जुन अघिल्लो शैक्षिक शत्रको तुलनामा ९८ प्रतिशतले कमी हो ।

शैक्षिक शत्र २०१९ /२०२० मा नेपालमा अध्ययनरत अमेरिकन विद्यार्थीहरुको संख्या ३५१ रहेको थियो । त्योभन्दा अगाडि शैक्षिक शत्र २०१८ /२०१९ मा नेपालमा अध्ययनरत अमेरिकन विद्यार्थीहरु ६४७ जना रहेका थिए । जुन अहिलेसम्मकै उच्च संख्या हो ।

शैक्षिक शत्र २०२० /२०२१ मा अमेरिकाबाहिर अध्ययनरत अमेरिकन विद्यार्थीहरुको संख्या जम्मा १४ हजार ५ सय ४९ रहेको छ । जुन अघिल्लो बर्षको तुलनामा ९१ द्यशमलव १ प्रतिशतले कमी हो ।

शैक्षिक शत्र २०१९/ २०२० मा अमेरिकाबाहिर अध्ययनरत अमेरिकन विद्यार्थीहरुको संख्या १ लाख ६२ हजार ६ सय ३३ रहेको थियो । तर कोरोना महामारीपछि भने यो संख्यामा उल्लेख्य गिरावट आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com