अमेरिकामा ११ हजार ७ सय ७९ नेपाली विद्यार्थी, धेरै विद्यार्थी पठाउनेमा १२ औं नम्बरमा नेपाल


प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार

अमेरिकामा शैक्षिक शत्र २०२१/२०२२ मा ११ हजार ७ सय ७९ नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि अध्ययनरत रहेको ओपन डोर्स रिपोर्टले जनाएको छ । आज अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, ब्यूरो अफ एजुकेशन एण्ड कल्चरल अफेयर्स र इन्स्टीच्युट अफ इन्टरनेशनल एजुकेशनका प्रतिनिधिहरूले प्रतिवेदनमार्फत अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा विवरणहरु जारी गरेका हुन् ।

अमेरिकामा शैक्षिक शत्र २०२१/२०२२ मा कुल ९ लाख ४८ हजार ५१९ जना विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु १२ औं नम्बरमा परेका हुन् । कुल अन्तर्राष्ट्रिय विद्यार्थीहरुको १ दशमलव २ प्रतिशत नेपाली विद्यार्थीहरु रहेका छन् भने अघिल्लो बर्षको तुलनामा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्यामा ५ दशमलव ६ प्रतिशत बृद्धि भएको छ ।

अघिल्लो बर्ष अमेरिकामा ११ हजार १ सय ७२ जना नेपाली विद्यार्थीहरु अध्ययनरत थिए । यो संख्या अमेरिकामा उच्च शिक्षा हासिल गरिरहेका र ओपीटीमा रहेका विद्यार्थीहरुको समेत संख्या हो । अमेरिकामा सबैभन्दा धेरै विद्यार्थीहरु चीनका रहेका छन् भने दोश्रोमा इन्डियाका रहेका छन् । त्यसपछि क्रमश साउथ कोरिया, क्यानडा, भियतनाम, ताइवान, साउदी अरेबिया, ब्राजिल, मेक्सिको, नाइजेरिया, जापानका छन् । त्यसपछि नेपाली विद्यार्थीहरु छन् ।

यद्यपी पछिल्ला केही बर्षमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्यामा गिरावट आएको छ । शैक्षिक शत्र २०१९/२० मा अमेरिकामा १२ हजार ७ सय ३० जना नेपाली विद्यार्थीहरु रहेकोमा कोरोना महामारीपछि त्यसमा गिरावट आएको हो । शैक्षिक शत्र २०१८/२०१९ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरु १३ हजार २ सय २९ जना रहेका थिए । त्यो अगाडि शैक्षिक शत्र २०१७/२०१८ मा अमेरिकामा नेपाली विद्यार्थीहरु १३ हजार २ सय ७० रहेका थिए, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो ।

अमेरिकामा अध्ययनरत ११ हजार ७ सय ९० नेपाली विद्यार्थीहरुमा अण्डरग्रयाजुएटमा ४ हजार ५ सय १८ र ग्रयाजुएटमा ४ हजार ५ सय ७६ जना रहेका छन् । त्यस्तै नन डिग्रीमा १०८ जना र ओपीटीमा २ हजार ५ सय ९७ जना नेपाली विद्यार्थीहरु रहेका छन् ।

कुल संख्यामा धेरै प्रतिशत नेपाली विद्यार्थी अध्ययनरत राज्यहरु

वायोमिंगमा कुल ७८० जना अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ५ दशमलव ४ प्रतिशत रहेका छन् । डेलावरमा ३ हजार ४६ अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ४ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यस्तै मेनमा १४९२ अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ४ दशमलव ३ प्रतिशत रहेका छन् । भर्मोन्टमा १२९२ अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ३ दशमलव ७ प्रतिशत रहेका छन् ।

त्यसैगरी न्यु मेक्सिकोमा २३६९ अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ७ दशमलव १ प्रतिशत रहेका छन् । लुजियानामा ६ हजार ६२ अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ६ दशमलव ८ प्रतिशत रहेका छन् ।

केन्टकीमा ८८९१ अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ३ प्रतिशत रहेका छन् । मिनेसोटामा १३ हजार ५ सय ३ अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ४ दशमलव ९ प्रतिशत रहेका छन् ।

त्यस्तै साउथ डाकोटामा १६७० अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ९ दशमलव ७ प्रतिशत रहेका छन् । आइदायोमा ३२३० अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु ८ दशमलव २ प्रतिशत रहेका छन् ।

मिसिसिपीमा २७३३ अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनरत रहेकोमा नेपालीहरु १२ दशमलव २ प्रतिशत रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com