प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट संजय थापाको नेतृत्वमा कार्यसमिति चयन


प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । आइतबार पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा सम्पन्न मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा प्रवासबाट करीव ३ सय ५० जनाले सहभागिता जनाएका थिए । सर्वसम्मत रुपमा चयन भएका कमिटिमा एक जना पछि थप गरि कार्यसमितिलाई पुर्णता दिइनेछ । कार्यसमितिमा ५ जना अमेरिकाबाट, ६ जना युकेसहित युरोपबाट , मध्यपुर्वबाट ७ जना, अष्ट्रेलिया ३ जना, पुर्व एसिया ४ जनालगायत भएको ओएनएफ युके अध्यक्ष तुंग भद्र भुसालले जानकारी दिए ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय कार्यसमितिमा अध्यक्ष संजय थापा, उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिव कर्ण शाही, उपसचिव चानक पोखरेल र सदस्यहरूमा शिव वरुवाल, राजेन्द्र पुडासैनी, गोविन्द पौडेल, सुरेन्द्र थपलिया, सरस्वती केसी, कल्पना त्रिपाठी, विमला भण्डारी, हेमराज जोसी, तिर्थ गौतम, ज्योती शर्मा, महेश गिरी, कमल मणी, वलराम गिरी, डा।विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुयाल, सिता केसी, सुरेश केसी, डा।सरोज कणेल, सन्जु केसी, डुण्डीराज पाण्डे, कुन्ति थापा, जानकी कार्की, पुरुषोत्तम वोहरा र राजेन्द्र सिवाकोटी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com