अमेरिकी नागरिकता हुनेसँग विवाह गर्न मंगेतर भिसामा अमेरिका आए एकबर्षमा ६७ नेपाली


प्रकाशित मिति : कार्तिक ११, २०७९ शुक्रबार

अमेरिकी नागरिकता हुनेसँग विवाह गर्न एकबर्षमा ६७ जना नेपालीहरु अमेरिका आएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार आर्थिक बर्ष २०२२ मा यी नेपालीहरु मंगेतर भिसामा अमेरिका आएका हुन् ।

आर्थिक बर्ष २०२२ को पहिलो महिना २०२१ को अक्टोबरमा १० जना, नोभेम्बरमा ७ जना र डिसेम्बरमा १२ जना मंगेतर भिसा के मा अमेरिका आएका थिए । अमेरिकामा आर्थिक बर्ष अक्टोबर १ बाट सुरु हुन्छ ।

२०२२ को जनवरीमा ९ जना, फरबरीमा ५ जना, मार्चमा ३ जना, अप्रिलमा ४ जना, मेमा १ जना, जुनमा २ जना, जुलाईमा २ जना, अगस्तमा ५ जना र सेप्टेम्बरमा ७ जना नेपालीहरुले मंगेतर भिसा पाएका थिए । यो भिसामा अमेरिका आइसकेपछि ९० दिनभित्र अमेरिकी नागरिकसँग विवाह गर्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी नागरिकले विदेशमा रहेका आफ्ना मंगेतरलाई के वान भिसामा अमेरिका झिकाएर विवाह गर्न सक्छन् । त्यसका लागि अमेरिकी नागरिकले सुरुमा युएससीआईएसमा आई १२९ एफ फर्म भरेर आवेदन दिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुमा आई १२९ फर्म भरेर युएसपीएस वा अन्य कुरियरमार्फत युएससीआईएसको ठेगानामा पठाउनुपर्छ । यसरी पठाउँदा युएसपीएसबाट पठाउने ठेगाना र अन्य कुरियरबाट पठाउने ठेगाना फरक फरक रहेको छ । फर्ममा हस्ताक्षर गरेर पठाउनुपर्ने र हस्ताक्षर नगरिएको फर्म अस्वीकार गरिने युएससीआईएसले जनाएको छ ।

यो आवेदन दिंदा युएससीआईएमा ५३५ डलर शुल्क तिर्नुपर्छ । यदि मंगेतरका २१ बर्ष नपुगेका छोराछोरी भएमा उनीहरुका लागि के ३ भिसा प्राप्त गर्न युएससीआईएसमा शुल्क तिर्नु पर्दैन । युएससीआईएसमा मनी अर्डर, व्यक्तिगत चेक वा क्यासियर चेकमार्फत रकम भुक्तानी गर्न सकिन्छ ।

युएससीआईसमा कसरी फाइल गर्ने थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

लकबक्समा फाइल गरिएका आवेदको शुल्क क्रेडिट कार्डमार्फत पनि तिर्न सकिन्छ । चेकमार्फत तिर्नेले युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका नाममा चेक पठाउनुपर्छ । आवेदन पठाउँदा अमेरिकी नागरिक भएको प्रमाण, विगतमा कुनै विवाह गरेको भए आफू र मंगेतर दुबैले पहिलेको विवाह खारेज गरेको प्रमाण, ३० दिनभित्र लिइएको आफ्नो र मंगेतरको पासपोर्ट साइजको एकएक फोटो लगायतका कागजात पठाउनुपर्छ ।

युएससीआईएसको सर्भिस सेन्टर अनुशार आवेदनबारे निर्णय हुन लाग्ने अवधि फरक फरक हुन्छ । क्यालिफोर्निया सभिस सेन्टरमा १४  महिनासम्म, नेब्रास्का सर्भिस सेन्टरमा ४ महिनासम्म, पोटामिक सर्भिस सेन्टरमा ५ महिनासम्म, टेक्सास सर्भिस सेन्टरमा १४  महिनासम्म, भर्मोन्ट सर्भिस सेन्टरमा २० महिनासम्मको अवधि लाग्छ ।

आवेदन स्वीकृत भएपछि युएससीआईएसले आवेदन नेशनल भिसा सेन्टरमा पठाउँछ । नेशनल भिसा सेन्टरले भिसाको थप प्रकृयाबारे उल्लेख गर्दै पत्र पठाउँछ । नेशनल भिसा सेन्टरले आवेदन दूतावासमा पठाइसकेपछि दूतावासले मंगेतरको अन्तरवार्ता लिन्छ । र भिसा जारी गरिन्छ । हरेक के भिसा आवेदकहरुले फरक फरक भिसा आवेदन शुल्क तिर्नुपर्छ ।

नेशनल भिसा सेन्टरको प्रकृयाबारे थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

भिसा अन्तरवार्तामा आउँदा भरेको डीएस १६० फर्म भरेको कन्फर्मेशन नम्बर, पासपोर्ट, जन्मदर्ता प्रमाण, पहिले विवाह गरेको भए डिभोर्सको कागजात, प्रहरी रिपोर्ट, मेडिकल रिपोर्ट, फर्म आई १३४ भरेको स्पोन्सर, २ वटा फोटो, विवाह गर्ने अमेरिकी नागरिकसँगको सम्बन्धको प्रमाण लगायतका कागजातहरु साथमा लैजानुपर्छ ।

कतिपय आवेदनमा आवेदकले छिटो कागजात नबुझाउने, थप सुचनाहरु बुझाउनका लागि दिइएको निर्देशन समयमा पालना नगर्ने, दूतावासमा थप अनुसन्धान गर्नुपर्ने अवस्था भएमा प्रशासनिक प्रकृयामा जाने लगायतका कारणले लामो समय पनि लाग्नसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com