टीपीएससम्बन्धि वार्ता असफल, नेपाली लगायत २ लाख ५० हजार टीपीएसवाहक जोखिममा


प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार

झण्डै एकबर्षभन्दा लामो वार्तापछि बाइडेन प्रशासन र वादीहरूबीच टीपीएस मुद्दामा सम्झौताको वार्ता मंगलबार असफल भएपछि नेपालीहरुसहित साढे २ लाख भन्दा धेरै आप्रवासीहरु अमेरिकाबाट देशनिकालाको जोखिममा परेका छन् ।

मुद्दाले टीपीएसको विस्तारित प्रयोगलाई कम गर्ने प्रयासको रूपमा ट्रम्प प्रशासनले एल साल्भाडोर, होन्डुरस, निकारागुआ, हाइटी, सुडान र नेपालका नागरिकहरूका लागि टीपीएस अन्त्य गर्नको लागि चालेको ठोस कदमलाई पछ्याएको थियो ।

वादीहरूले सन् २०१८ मा टीपीएसबाहकलाई अस्थायी रुपमा राहत दिनेगरी जितेका थिए, जतिबेला सान फ्रान्सिस्कोको एक संघीय जिल्ला न्यायाधीशले टीपीएसको समाप्ति रोक्नको लागि आदेश दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर २०२० मा सान फ्रान्सिस्कोको नवौं सर्किट कोर्ट अफ अपीलमा तीन न्यायाधीशको प्यानलले २-१ को निर्णयमा आदेशलाई उल्टाइदिएको थियो । यद्यपी आप्रवासीहरूका लागि वकिलहरूले पूर्ण अदालतमा सुनुवाइको लागि अनुरोध गरेको मुद्दा विचाराधीन रहेकाले पुनरावेदनको निर्णयले प्रभाव पारेको छैन ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले विचाराधीन मुद्दामा टिप्पणी गर्न अस्वीकार गरे पनि एल साल्भाडोर, नेपाल, निकारागुआ र होन्डुरसका टीपीएस वाहकहरु आगामी महिनाहरूमा सुरक्षित रहने बताएका छन् । नेपालीहरुको टीपीएससम्बन्धि कागजात र वर्क परमिटको अवधि आगामी डिसेम्बर ३१ सम्म कायम छ ।

टीपीएस सम्बन्धि सम्झौता वार्ता भत्किएको समाचार टीपीएसवाहक र उनीहरुका परिवारहरूको लागि स्तब्ध र चिन्ताजनक रहेको न्यूयोर्क आप्रवासन गठबन्धनका कार्यकारी निर्देशक मुराद अववदेहले बताएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com