अर्को देशमा भिसा अप्वाइन्टमेन्ट उपलब्ध भएमा त्यही आवेदन दिन अमेरिकी विदेश मन्त्रालयको सुझाव


प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार

आफू बसेको देशमा रहेको अमेरिकी दूतावास वा कन्सुलेटमा अमेरिकाको भिसाका लागि अप्वाइन्टमेन्ट उपलब्ध नभएको खण्डमा अर्को देशमा गएर समेत भिसाका लागि आवेदन दिन सकिने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । अर्को कुनै दूतावास वा कन्सुलेटमा भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट उपलब्ध भएको खण्डमा त्यही आवेदन दिन अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको हो ।

विदेश मन्त्रालयले भनेको छ -‘हामी यात्रा गर्न सक्ने भिसा आवेदकलाई भिसा अप्वाइन्टमेन्टका लागि प्रतिक्षा अवधि छोटो भएका अरु दूतावास वा वाणिज्य दूतावासमा आवेदन दिनका लागि विचार गर्न प्रोत्साहन गर्दछौं । जहाँ अपोइन्टमेन्टहरू उपलब्ध छन्, त्यो दूतावास वा कन्सुलेट तपाईको गृह देश भन्दा बाहिर भएतापनि आवेदन दिनको लागि कुनै बाधा हुनेछैन ।’

अमेरिकी दूतावास काठमाडौं

खासगरी भिजिटर लगायतका गैर आप्रवासी भिसाका लागि आवेदन दिन चाहनेहरुले अन्य देशको अमेरिकी दूतावास वा कन्सुलेटमा गएर भिसाका लागि अन्तरवार्ता दिन सक्नेछन् । नेपालमा अहिले अमेरिकाको भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट लिन औषतमा १ बर्ष लाग्ने गरेको छ । तर सिंगापुरमा भने औषतमा ११ दिनमा भिसा अप्वाइन्टमेन्ट पाउन सकिन्छ ।

अर्थात् यात्रा गर्न सक्ने नेपालीले सिंगापुरमा रहेको अमेरिकी दूतावासमा गएर अमेरिकी भिसाका लागि आवेदन दिनसक्छन् । त्यस्तै मलेसियाको क्वालालम्पुरमा झण्डै २ महिनामा भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ भने दोहामा पनि झण्डै २ महिनामा अमेरिकाको भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई दिल्ली वा मुम्बई जाने योजनामा हुनुहुन्छ भने पुनर्विचार गर्नुहोला । किनभने दिल्ली वा मुम्बईमा रहेको अमेरिकी दूतावासमा भिजिटर भिसाका लागि अप्वाइन्ट पाउन झण्डै ३ बर्ष लाग्ने गरेको छ । तर तपाई लण्डनमा हुनुहुन्छ भने २ महिनामा अप्वाइन्टमेन्ट पाउन सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com