निश्चित आवेदकले अब ९० दिनसम्म वर्क परमिट नआए शीघ्र प्रकृया अनुरोध गर्नसक्ने


प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार

अमेरिकामा निश्चित आवेदकले अब ९० दिनसम्म वर्क परमिट नआए शीघ्र प्रकृया अनुरोध गर्नसक्ने भएका छन् । स्वास्थ्यकर्मी वा बाल हेरचाहकर्मीहरुले अब ९० दिनसम्म वर्क परमिट पेन्डिङ रहेको अवस्थामा शीघ्र प्रकृया अनुरोध गर्न सक्नेछन् ।

युएससीआईएसले यसअघि नै वर्क परमिट नविकरण आवेदन पेन्डिङ रहेका स्वाथ्यकर्मी र बाल हेरचाहकर्मीहरुका सन्दर्भमा वर्क परमिटको म्याद ३० दिनभित्र सकिदै गरेको वा सकिएको अवस्थामा शीघ्र प्रकृया अनुरोध गर्नसक्ने व्यवस्था गरेको थियो । अहिले सुरुको वर्क परमिट आवेदनका सन्दर्भमा समेत ९० दिनसम्म पेन्डिङ रहेमा शीघ्र प्रकृया अनुरोध गर्न सकिने लचकता विस्तार गरिएको हो ।

स्वास्थ्यकर्मीका रुपमा यो सुविधा प्राप्त हुने नहुने जाँच गर्न यहाँ क्लीक गर्नुहोला ।

बाल हेरचाहकर्मीका रुपमा यो सुविधा प्राप्त हुने नहुने जाँच गर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालहेरचाहकर्मीमा विद्यालय, व्यवसाय, निजी घरपरिवार र बाल हेरचाह संस्थाहरूमा बालबालिकाहरूका लागि उपस्थित हुने तथा कपडा लगाइदिने , खुवाउने, नुहाइदिने र खेलको निरीक्षण गर्ने जस्ता विभिन्न कार्यहरू गर्ने कामदारहरू समावेश छन्। तर यो परिभाषामा प्रिस्कूल शिक्षक वा शिक्षण सहायकहरू समावेश हुँदैनन् ।

मापदण्ड पूरा गर्ने आवेदकले आवेदनको शीघ्र प्रक्रियाको अनुरोध गर्न ग्युएससीआईएसको ८०० ३७५ ५२८३ नम्बरमा सम्पर्क गर्नुपर्छ । टी वा यु गैरआप्रवासी भिसामा आधारित वर्क परपिट पेन्डिङ हुनेले शीघ्र प्रकृयाका लागि यहाँ क्लीक गर्नुहोला । त्यस्तै दुर्व्यवहार दम्पत्ति, बच्चाहरु र अभिभावकहरुका सन्दर्भमा यहाँ क्लीक गर्नुहोला ।

स्वास्थ्यकर्मी वा बाल हेरचाहकर्मीले शीघ्र प्रकृया अनुरोध गर्दा अहिले काममा रहेको वा भविश्यमा काममा लाग्ने रोजगार प्रमाणिकरण पत्र, भर्खरको आय विवरण, वा भुक्तानीहरू लगायतका प्रमाणहरु पेश गर्नुपर्छ । प्रयाप्त प्रमाण प्राप्त नभएमा शीघ्र प्रकृयाको अनुरोध स्वीकार नगरिने युएससीआईएसले जनाएको छ ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com