गतबर्ष १४३ नेपालीको एसाइलम अमेरिकी अदालतबाट स्वीकृत, १४ बर्षमा सबैभन्दा कम


प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार

अमेरिकामा अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु टपटेनमा परेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार गतबर्ष अर्थात् आर्थिक बर्ष २०२१ मा १४३ जना नेपालीहरुको एसाइलम आवेदन अमेरिकाको अध्यागमन अदालतबाट स्वीकृत गरिएको छ ।

कोरोनाको महामारीका कारण पनि २०२१ मा अदालतबाट एसाइलम स्वीकृत हुनेहरुको संख्यामा कमी देखिएको छ । यद्यपी २०२० मा अमेरिकी अदालतबाट ३०८ नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो भने २०१९ मा यो संख्या झण्डै दोब्बर अर्थात् ६०६ रहेको थियो ।

अमेरिकी अदालतमा एसाइलम पाउनेमा सबैभन्दा धेरै एल साल्भाडोर, दोश्रोमा ग्वाटेमाला, तेश्रोमा चीन, चौथोमा इन्डिया, पाँचौंमा होण्डुरस, छैठौंमा भेनेजुएला, सातौंमा मेक्सिको, आठौंमा निकारागुवा, नवौंमा रसिया र दशौंमा नेपाल छन् । २०२१ मा कुल ७ हजार ३ सय ६७ जनाको एसाइलम अदालतबाट स्वीकृत भएको थियो, जसमा नेपालीहरुको १ दशमलव ९ प्रतिशत हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१८ मा ४७० जना नेपालीहरुले अमेरिकाको अध्यागमन अदालतबाट एसाइलम पाएका थिए । त्यस्तै २०१७ मा यो संख्या २९० रहेको थियो भने २०१६ मा २६० रहेको थियो । २०१५ मा भने २५० नेपालीहरुले अमेरिकाको अध्यागमन अदालतबाट एसाइलम पाए भने आर्थिक बर्ष २०१४ मा २८२ जनाले पाए ।

त्यस्तै २०१३ मा ३८५ र २०१२ मा ३७९ नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाएका थिए । सन् २०११ मा ३१० र सन् २०१० मा २१७ जना नेपालीको एसाइलम अदालतबाट स्वीकृत भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक रहेको छ ।

सन् २००९ मा १७१, सन् २००८ मा १४८, सन् २००७ मा १३१, सन् २००६ मा १६५, सन् २००५ मा ८५, सन् २००४ मा ९३, सन् २००३ मा ५७, सन् २००२ मा ३७ र सन् २००१ मा ३१ जना नेपालीहरुको एसाइलम अदालतबाट स्वीकृत भएको थियो । यसरी हेर्दा गतबर्ष अमेरिकी अदालतबाट एसाइलम पाउने नेपालीहरुको संख्या १४ बर्षमा नै कम हो ।

अदालतबाट एसाइलम पाउनेहरु मेक्सिको हुँदै अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका र विभिन्न भिसामा अमेरिका आएर एसाइलम दावी गर्दा युएससीआईएसबाट एसाइलम स्वीकृत नभई अदालतमा पठाइएकाहरु हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com