एकसाथ आवेदन दिएपनि युएससीआईएसले पहिले वर्क परमिट र पछि एड्भान्स परोलबारे निर्णय गर्ने


प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार

ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर उक्त आवेदन पेन्डिङ अवस्थामा रहेका आवेदकहरुले एड्भान्स परोल र वर्क परमिट आवेदन एकसाथ फाइल गरेको खण्डमा वर्क परमिटको आवेदनबारे पहिले निर्णय गर्ने युएससीआइएसले जनाएको छ ।

यदि वर्क परमिट आवेदन स्वीकृत भएको खण्डमा एड्भान्स परोलबारे कुनै पनि कुरा समावेश नगरी वर्क परमिटको कागजात जारी गर्ने युएससीआईएसले प्रष्ट पारेको छ । त्यसपछि एड्भान्स परोलको आवेदनबारे अलग्गै निर्णय लिइने जनाइएको छ ।

एड्भान्स परोल र वर्क परमिट आवेदन एकसाथ दिएका आवेदकले सुरुमा वर्क परमिटको आवेदनको रिसिप्ट र त्यसको केही समयपछिमात्र एड्भान्स परोल वा ट्राभल डकुमेन्ट आवेदनको रिसिप्ट प्राप्त गर्नसक्ने जनाइएको छ । त्यसैले एकसाथ रिसिप्ट वा निर्णय प्राप्त नगर्दैमा एड्भान्स परोलबारे सोधपुछ गर्न आवश्यक नभएको युएससीआईसले सुचित गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्क परटिको तुलनामा एड्भान्स परोलमा निर्णय गर्न ढिलो हुने भएतापनि आवेदकले युएसीआईएसको सामान्य प्रकृया अवधिभित्र निर्णय प्राप्त गर्न नसकेको खण्डमा भने युएससीआईएसमा सोधपुछ गर्न सक्नेछन् । त्यसका लागि अनलाइनमार्फत युएससीआईएसमा आफ्नो आवेदनबारे सोधपुछ गर्न सकिनेछ ।

एड्भान्स परोल र वर्क परमिट आवेदन फरक फरक तरिकाले प्रकृयामा लैजाँदा वर्क परमिटको निर्णय प्राप्त गर्नमा छिटो हुने युएससीआईएसको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com