विदेशबाट नेपाल आउँदा कुन सामानमा कति भन्सार, कुनमा छुट ?


प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार

पछिल्लो समय विदेसिबाट फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाणमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप ल्याउँदा विमानस्थलमै छाड्नुपर्ने हुन्छ वा महंगो भन्सार शुल्क बझाउनुपर्छ । भन्सार लाग्ने र भन्सार छुट भएका सामान तथा वस्तुका बारेमा विदेशबाटै जानकारी लिएर मात्र फर्कन विभागले आग्रह गरेको छ ।

के ल्याउँदा भन्सार लाग्दैन ?
विदशेबाट फर्किने अधिकांशले मोबाइल फोन, सुनचाँदीका गहना, ल्यापटप, कम्प्यूटर, टिभी, घडी, क्यामेरा लगायतका सामग्री साथमा लिएर फर्किने गरेको पाइन्छ । यसरी मनलाग्दी तरिकारले समान ल्याउँदा जफत हुने तथा महँगो भन्सार पनि तिर्नुपर्ने हुन्छ ।

विदेशबाट फर्कदा अधिकांशले ल्याउने बस्तु हो, मोबाइल । व्यक्तिगत प्रयोजन र परिवार, साथी भाईको लागि मोबाइल फोन ल्याउने प्रचलन नेपालमा अलिबढी नै छ । तर, यसरी जानी–नबुझि मोबाइल फोन ल्याउँदा जफत हुने सम्भावना पनि उत्ति कै रहन्छ । विमानस्थल भन्सार कार्यालयले विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल ल्याउँदा कुनै भन्सार तिर्न नपर्ने जनाएको छ । तर दुईवटा मोबाइल ल्याउँदा भने २० प्रतिशत भन्सार तिर्नुपर्ने भन्सार विभागले जानकारी दिएको छ ।

कम्युप्टर एक थान पाउन ल्याउन पाइने भन्सार कार्यालयले जनाएको छ । एक थान भन्दा बढी ल्याए बढी भन्सार तिनुपर्ने या समान जफत हुन सक्नेछ ।
त्यस्तै, घडी, क्यामेरा, भिडियो क्यामेरा, पेन ड्राईभ, पेराम्बुलेटर, ट्राइसाइकल एक–एक थान ल्याउन पाइनेछ । यस्तै, खाद्य परिकारहरु ७ किलो मात्र भन्सार नतिरी ल्याउन पाइन व्यवस्था छ भने मदिरा भने १ लिटरसम्म मात्र ल्याउँदा भन्सार तिर्नुपर्दैन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँने भन्सार कार्यालयले जानकारी दिएको छ । तर, अन्य कुनै व्यक्तिगत तथा पारिवारिक प्रयोजनका लागि विदेश गएका र १ वर्ष नबिताएकालाई यो सुविधा लागु नहुने भन्सार कार्यालयले जनाएको छ ।

यदी ४८ ईन्चसम्मको टिभी ल्याउनु परेमा भन्सार महसुल २० प्रतिशत, अन्तशुल्क १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्नेछ । ४८ इन्च भन्दामाथिको हकमा भने भन्सार महसुल ३० प्रतिशत, अन्तशुल्क १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्नेछ ।

आफ्नो लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, डाक्टरले पुर्जी जारी गरेबमोजिमका , औषधी, शारिरिक सहाराको लागि आवश्यक सामान ल्याउँदा कुनै भन्सार तिर्नुपर्दैन् । त्यस्तै, पेशागत प्रयोगका सामान्य प्रकारका सामानहरु ल्याउँदा पनि भन्सार तिर्न नपर्ने कार्यालयले जनाएको छ ।

६ महिनाभन्दा बढी र एक वर्षसम्म विदेश बसेर फर्किएकाहरुले १५ हजारसम्म र एक वर्षभन्दा बढी बसेर फर्किएमा २५ हजार रुपैयाँसम्मको मूल्यको विभिन्न वस्तुहरु तोकिएको परिमाणमा ल्याएमा भन्सार प्रज्ञापनपत्र नभरी छुट्टै अभिलेख राखेर जाँचपास गर्ने व्यवस्था छ । यो सुविधा अन्तरगत म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो र १/१ थान ल्याउन सकिन्छ ।

भन्सार तिरेर ल्याउन पाइने सामानहरु
यात्रुले भन्सार महसुल तिरेर आफ्नो साथमा थप सामान म्यूजिक सिस्टम, रेफ्रिरेटर, वासिङ मेसिन, पंख्या, रेडियो, सिठि प्लेयर र डिभिसी प्लेयर एकरएक थान साथमा ल्याउन पाइने भएको छ ।

लुगाफाटो, जुत्ता, कस्मेटिक सामान बढीमा १५ थानसम्म, घरायसी प्रयोगका सामान (मिक्स्चर, जुसर, सिलाई मेसिन, ग्याँसटेबुल, इस्त्री, राइसकुकुर लगायत) सामान दुईरदुई थानसमेत भन्सार तिरेर नेपाल ल्याउन पाइने भएको छ ।

१० किलोसम्मको खाद्य परिकार, व्यवसायिक पेशामा लागेका व्यक्तिका प्रयोगका सामान दुईरदुई थानमा समेत भन्सार तिरेर ल्याउन सकिने भएको छ । अन्य घरासयी प्रयोगका सामान बढीमा दुई र दुई थान सामान समेत कार्यालयले भन्सार लिएर पास गर्ने भएको छ ।

के छ सुन ल्याउने व्यवस्था?
विदेशबाट फर्कने नेपालीहरुले सुनका गहना ५० ग्रामसम्म ल्याउँदा कुनै भन्सार महसुल लाग्दैन । तर, सोभन्दा बढी १०० ग्राम सम्मको सुनको गहनामा प्रति १० ग्राम १० हजार ५०० रूपैया भन्सार महसुल तिरी ल्याउन पाइनेछ ।

त्यो भन्दा बढी सुनका गहना बोकेको अवस्थामा थप १०० ग्रामसम्म प्रति १० ग्राम १२ हजार ००० भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।तर, २५० ग्राम भन्दा बढी सुनको गहना बोकेमा बढी भएजति सबै जफत हुनेछ । त्यस्तै, काँचो सुन अधिकतम १०० ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन पाइन्छ ।

पहिलो ५० ग्रामसम्म प्रति ग्राम ९५० रूपैंया भन्सार महसुल लाग्दछ । थप ५० ग्राम सम्म प्रति ग्राम १ हजार ५० रूपैया भन्सार महसुल लाग्दछ भने सो भन्दा बढी काँचो सुन बोकेमा बढी भएजति सबै सुन जफत हुनेछ ।चाँदीको गहना भने ५०० ग्रामसम्म ल्याउँदा कुनै भन्सार तिर्नुपदैन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com