युएससीआईएसले थप्यो वर्क परमिट अनलाइनबाट फाइल गर्न मिल्ने श्रेणी, कस्ले मिल्छ? कस्ले मिल्दैन?


प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार

युएससीआईएसले वर्क परमिटको आवेदन अनलाइनबाट दिनसक्ने श्रेणी थपेको छ । अब निश्चित परोलीहरुले पनि वर्क परमिटको आवेदन अनलाइनबाटै दिनसक्नेछन् । अध्यागमन तथा राष्ट्रियता ऐनको डी ५ अन्तरगत अत्यावश्यक मानवीय वा महत्त्वपूर्ण सार्वजनिक लाभका उद्देश्यका अमेरिकामा प्यारोल गरिएका अधिकांश व्यक्तिहरू श्रेणी सी ११ अन्तर्गत परेमा अनलाइनबाट वर्क परमिट आवेदन दिनसक्नेछन् ।

यो श्रेणीमा पर्ने प्राय सबैले अनलाइनबाट वर्क परमिटका लागि आवेदन दिनसक्ने भएतापनि शुल्क मिनाहाका लागि अनुरोध गर्ने वा शुल्क मिनाहाका लागि योग्य हुनेहरुले भने कागजी रुपमा नै फाइल गरेर हुलाकमार्फत आवेदन पठाउनुपर्नेछ । योग्य श्रेणीमा पर्नेहरुबाहेक अरुले अनलाइनबाट वर्क परमिटका लागि आवेदन दिएको खण्डमा युएससीआईएसले शुल्क लिनेछ तर आवेदन अस्वीकार गर्ने जनाएको छ ।

अनलाइनबाट आवेदन दिन चाहनेहरुले युएससीआईएसको वेवसाइटमा अनलाइन एकाउन्ट बनाउनुपर्छ । त्यसपछि अनलाइनबाट आवेदन दिन सकिनेछ भने सबै कागजातहरु अनलाइनबाट नै अपलोड समेत गर्न सकिनेछ । युएससीआईएसले पठाउने सबै सुचना अनलाइनमा नै प्राप्त गर्न सकिनेछ भने सुरक्षित इन्बक्समार्फत युएससीआईएसमा सम्पर्क गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरु कसकले अनलाइनबाट वर्क परमिट आवेदन दिनसक्छन् ?

वैकल्पिक व्यवहारिक तालिम ओपीटी खोजीरहेका एफ वान भिसामा रहेका विद्यार्थीहरुले पनि अनलाइनबाटै वर्क परमिट आवेदन दिनसक्छन् ।
आफ्नो पढाईको मुख्य क्षेत्रमा ओपीटी खोजिरहेका विद्यार्थी भिसा वाहकले सिधै अनलाइनबाट वर्क परमिटका लागि आवेदन सक्छन् । तर उनीहरुको प्रि कम्प्लेसन, पोष्ट कम्प्लेसन वा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा २४ महिना थपका लागि दिएको आवेदन हुनुपर्नेछ ।

त्यस्तै टीपीएसवाहकले अब वर्क परमिटको आवेदन अनलाइनबाटै दिनसक्छन् । सबै टीपीएस आवेदकहरुले टीपीएस आवेदन आई ८२१ र वर्क परमिटको आवेदन आई ७६५ आवेदन अनलाइनबाटै दिनसक्छन् ।

पहिलोपटक टीपीएसका लागि आवेदन दिनेहरु र रि रजिस्ट्रेशन गर्नेहरु पनि अनलाइन आवेदनका लागि योग्य छन् । आवेदकहरुले टीपीएस आवेदन आई ८२१ का साथमा वर्क परमिटको आवेदन आई ७६५ आवेदन दिनसक्छन् । वर्क परमिटको आवेदन आई ७६५ आवेदन पछि अलग्गै पनि पेश गर्न सकिन्छ । तर एकैपटक आवेदन दिंदा छिटो वर्क परमिट प्राप्त हुने युएससीआईएसले जनाएको छ ।

परोल गरिएका, ओपीटी विद्यार्थी र टीपीएसवाहकबाहेक अरुले भने अनलाइनमार्फत वर्क परमिटको आवेदन दिनुहुँदैन । उनीहरुले कागजी रुपमा नै आवेदन भरेर हुलाकमार्फत पठाउनुपर्छ । अन्यथा युएससीआईएसले त्यस्ता आवेदन अस्वीकार गर्नेछ ।

कुन कुन आवेदन अनलाइनमार्फत ?

युएससीआईएसमा अमेरिकी नागरिकता लगायतका १३ प्रकारका आवेदनहरु अनलाइनमार्फत फाइल गर्न सकिन्छ । नागरिकताको कागजात प्रतिस्थापन, नागरिकताको प्रमाणपत्रका लागि तथा गैर आप्रवासी भिसा भिसा थप र परिवर्तनका लागि पनि अनलाइनबाट आवेदन दिन सकिन्छ ।

ग्रिनकार्डको नविकरण वा प्रतिस्थापन, परिवारमा आधारित ग्रिनकार्डका लागि आई १३० आवेदन, ठेगाना परिवर्तन, अनलाइनमार्फत सुचनाको हक अन्तरगत सुचना प्राप्त गर्ने आवेदन, टीपीएस आवेदन, डाका आवेदन, नागरिकताको प्रकृयाका लागि सुनुवाईका लागि अनुरोधका लागि आवेदन पनि अनलाइनमार्फत नै दिन सकिन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com