युएससीआईएसले अध्यागमन आवेदनमा मसीकै हस्ताक्षर अनिवार्य नहुने नियम बनायो स्थायी


प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार

अमेरिकामा युएससीआईएसले अध्यागमन आवेदनमा मसीकै हस्ताक्षर अनिवार्य नहुने नियम स्थायी बनाएको छ । सोमबारदेखि लागु हुनेगरी युएससीआईएसले सन् २०२० को मार्च २० मा ल्याइएको यो नियमलाई स्थायी बनाएको हो ।

कोरोना महामारीका कारण युएससीआईएसले सिधै मसीयुक्त कलमले गरेका हस्ताक्षरको साटो आवेदनमा पुनउत्पादन गरिएका हस्ताक्षर पनि स्वीकार गर्ने नियम बनाएको थियो । सक्कली हस्ताक्षरलाई पुनउत्पादन गरेर पठाइएका आवेदनपनि युएससीआईएसले स्वीकार्ने नियम बनाएको थियो ।

विद्युतीय रुपमा पुनउत्पादन गरिएका आवेदनहरु युएससीआईएसले स्वीकार गर्ने नियमले आवेदकले फ्याक्स, स्क्यान, फोटोकपी वा अन्य त्यस्तै तरिकाले पठाइएका आवेदनपनि स्वीकार गर्न थालेको थियो । तर आवेदनको आफूसँग भएको मुख्य प्रति भने मसीले हस्ताक्षर गरेको हुनुपर्ने र आवश्यक परेको खण्डमा युएससीआईएसले माग्न समेत सक्ने जनाएको छ ।

person in orange long sleeve shirt writing on white paper

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फर्म आई १२९ लगायतका अध्यागमन आवेदनहरुमा यो नियम लागु हुनेछ । सन् २०२० को मार्च २१ वा त्योभन्दा पछाडि पठाइएका आवेदनका सन्दर्भमा मात्र यो नियम लगाइएको छ । युएससीआईएसका कैयन आवेदनमा कलमले सिधै गरेको तरल मसीको हस्ताक्षर आवश्यक हुने भएपनि यो नियमले त्यस्ता आवेदनमा स्क्यान गरिएको, फोटो कपी गरिएको वा विद्युतीय तरिकाले प्रयोग भएको हस्ताक्षर प्रयोग गर्न पाइने बनाएपछि आवेदकहरुलाई निकै सहज भएको छ ।

यो नियम भन्दा अगाडि कानून व्यवसायीमार्फत दिइने अध्यागमन आवेदनका सन्दर्भमा आवेदक स्वयं कानून व्यवसायीको कार्यालयमा उपस्थीत भएर हस्ताक्षर गर्नुपर्ने वा हस्ताक्षर गरेर हुलाकमार्फत पठाउनुपर्ने बाध्यता रहेको छ । तर यो नियमपछि आवेदकले इमेल, फ्याक्स वा अन्य स्क्यानमार्फत आवेदन मगाएर हस्ताक्षर गरे इमेल वा फ्याक्समार्फत पठाउन सक्छन् । यसो गर्दा टाढा टाढा हुने आवेदकहरुलाई विशेष सहज भएको छ ।

याद गर्नुहोस्, युएससीआईएसले हस्ताक्षर नभएका आवेदनहरु प्रकृयामा नलगेर अस्वीकार गर्दै आएको छ भने त्यस्ता आवेदनहरु आवेदकलाई नै फिर्ता पठाइने गरेको छ । त्यसैले आफ्नो आवेदन प्रकृया ढिलो हुन नदिन र अन्य झन्झटबाट बच्नका लागि आवेदनमा सधै हस्ताक्षर गरेरमात्र पठाउनुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com