युएससीआईएसले आवेदन शुल्क लिएको ३० दिन नाघ्यो तर रिसिप्ट आएन ? चाल्नुहोस् यस्तो कदम


प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार

युएससीआईएसमा अध्यागमनबारेका कुनै पनि आवेदन दिइसकेपछि त्यसको रिसिप्ट प्राप्त नहुँदा कैयन आवेदकहरु हैरानीमा परेका छन् । ओम्बड्सम्यानले यदि युएससीआईएसमा आवेदन दिएपछि रिसिप्ट प्राप्त नभएमा त्यसबारे चाल्नुपर्ने कदमबारे प्रष्ट पारेको छ । युएससीआईएसको लकबक्समा पठाएका आवेदनका सन्दर्भमा आवेदकले रिसिप्ट नपाएमा कदमहरु चाल्न सक्नेछन् ।

यदि तपाईले कुनै अध्यागमन आवेदन दिनुभएको छ र युएससीआईएसले उक्त आवेदनको शुल्क लिइसकेको छ । तर ३० दिनसम्म पनि रिसिप्ट पठाएको छैन भने तपाईले युएससीआईएसलाई इमेल ठेगाना  [email protected] मा इमेल गर्नुपर्छ । शुल्क तिर्नु नपर्ने कुनै आवेदनका सन्दर्भमा पनि ३० दिनसम्म तपाईले रिसिप्ट प्राप्त गर्नुभएको छैन भने तपाईको आवेदन युएससीआईएसमा पुगेको युएसपीएस वा अन्य कुरियर सेवाले निश्चित गरेको छ भने डेलिभर भएको मितिले ३० दिनपछि तपाईले युएससीआईएसमा इमेल गर्न सक्नुहुनेछ ।

त्यस्तै युएसपीएस वा अन्य कुरियर सेवाले आवेदन डेलिभर गरिसकेको छ तर युएससीआईएसले ३० दिनसम्म पनि रकम लिएको छैन वा आवेदनको रिसिप्ट पठाएको छैन भने पनि युएससीआईएसमा इमेल गर्नुपर्छ । इमेल गर्दा फर्म नम्बर, रिसिप्ट नम्बर भएको खण्डमा रिसिप्ट नम्बर, आवेदकको नाम, ठेगाना, डेलिभरी भइसकेको ट्रयाकिंग विवरण, युएससीआईएसले शुल्क लिएको भएमा शुल्कको प्रकार उल्लेख गर्नुपर्छ । एलियन नम्बर र सोसल सेक्युरिटी नम्बर उल्लेख गर्न आवश्यक छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै थोरैमात्र विवरण उल्लेख गरेर सुरुमै अस्वीकृत भएर फिर्ता आएका आवेदनका सन्दर्भमा फिर्ता हुनुको कारणबारे थप जानकारी आवश्यक परेमा पनि युएससीआईएसमा इमेल गर्न सकिनेछ । इमेल गर्दा कतिपय सेवाग्राहीको समस्या समाधान भएको छ भने कतिपयले भने इमेल प्रभावकारी नभएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com