२०१५ अगाडि अमेरिका आएका कागजपत्रविहिनले स्वत ग्रिनकार्ड पाउने बिल संसदमा


प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार

सन् २०१५ अगाडि अमेरिका आएका कागजपत्रविहिनले ग्रिनकार्ड आवेदन दिनसक्ने बिल संसदमा पेश गरिएको छ । सांसद जो लफग्रेनले तल्लो सदन प्रतिनिधिसभामा एचआर ८४३३ नामको उक्त बिल सार्वजनिक गरेका हुन् ।

संसदबाट पारित भएको खण्डमा यो बिलले अमेरिकामा कम्तीमा ७ बर्ष बसेका कागजपत्रविहिनलाई अमेरिकी सरकारसमक्ष ग्रिनकार्डका दर्ता गराउनका लागि रजिष्टी्रको निर्माण गर्ने छ । संसदले सुरुमा सन् १९२९ मा रजिष्ट्रीको निर्माण गरेको थियो तर सन् १९८६ पछि भने अपडेट गरिएको छैन ।

अहिलेसम्मको नियम अनुशार सन् १९७२ भन्दा अगाडि अमेरिका आएकाहरुलेमात्र रजिष्ट्रीमार्फत ग्रिनकार्ड प्राप्त गर्न सक्छन् । तर अहिले संसदमा सार्वजनिक भएको बिल पारित भएमा १९७२ को कटअफ मिति विस्थापन हुनेछ भने नयाँ मिति कायम हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिलमा सन् २०१५ को जनवरी १ लाई नयाँ मिति कायम गर्ने प्रस्ताव गरिएको छ । अर्थात् यो मितिभन्दा अगाडि अमेरिका आएकाहरुले ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् । यदि यो पारित भएमा अमेरिकामा साढे ८ मिलियन कागजपत्रविहिनहरुलाई फाइदा हुनेछ, जसमा ७ दशमलव ९ मिलियन कागजपत्रविहिनहरु अमेरिकामा औषत १७ बर्ष बसिसकेका छन् ।

अहिलेको रजिष्ट्री अनुशार ग्रिनकार्ड पाउनका लागि सन् १९७२ को जनवरी १ भन्दा अगाडि अमेरिका आएको, अमेरिका आइसकेपछि लगातार अमेरिकाभित्रै बसोबास गरेको, आवेदन दिने बेलामा अमेरिकामा भौतिक रुपमा रहेको, राम्रो चरित्र भएको, निश्चित प्रकारका अपराधका कारण अमेरिकामा प्रतिबन्ध नलागेको हुनुपर्छ । तर कटअफ मिति निकै पूरानो भएका कारण रजिष्ट्रीमार्फत ग्रिनकार्ड आवेदन दिनेको संख्या निकै कम छ । सन् २०१५ देखि २०१८ भित्र जम्मा ३०५ जनाले आवेदन दिएका थिए ।

संसदमा सार्वजनिक यो बिल प्रतिनिधिसभाबाट पारित भएमा सिनेटबाट पनि पारित हुन आवश्यक छ । त्यसपछि बिल राष्ट्रपति समक्ष पुगेपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि कानून बन्छ । तर विगतमा पनि पारित हुन असफल भएको यो बिल यसपटक पनि पचास पचासमा विभाजित सिनेटमा पारित हुनेमा आशंका रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com