नेपाल मेडिकल काउन्सिलको परीक्षामा १४९ चिकित्सक फेल


प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार

 

नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् ।

काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ ९६८।६० प्रतिशत पास र १४९ ९३१।४ प्रतिशत० फेल भएका छन् ।विभिन्न ४५ वटा विषयमा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी रहेको रजिष्ट्रार डा। कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो । यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशषेज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

हाल मुलुकमा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com