न्युयोर्क सिटीमा एसाइलम खोज्नेलाई सहयोगका लागि मेयर आडम्सबाट संघीय श्रोत आव्हान


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले न्युयोर्क सिटीमा एसाइलम खोज्नेहरूलाई सहयोग गर्न संघीय स्रोतहरूको लागि आह्वान गरेका छन् । पछिल्ला केही हप्ताहरूमा शरण खोज्दै न्युयोर्क सिटीमा आउनेहरुको संख्यामा भएको उल्लेख्य बृद्धिपछि मेयर आडम्सले संघीय सरकारसँग सहयोगको आव्हान गरेका हुन् ।

केहीदिन यतामात्र न्युयोर्क सिटीको आवासीय प्रणालीमा २८ सय जनाभन्दा धेरै एसाइलम खोज्नेहरु प्रवेश गरिसकेका छन् । न्युयोर्क सिटीले एसाइलम खोज्ने व्यक्तिहरूलाई न्युयोर्क सिटीले व्यापक सहयोग र स्रोतहरू उपलब्ध गराउन सक्ने कुरा सुनिश्चित गर्न संघीय सरकारसँग मिलेर काम गरिरहेको छ।

न्युयोर्क सिटी आप्रवासीहरूको सहर रहेको र सधैं रहनेछ बताउँदै मेयर आडम्सले न्युयोर्क सिटीले नयाँ आउनेहरूलाई खुला हातले स्वागत गर्ने बताए । यही मूल्यमान्यताले न्युयोर्क सिटी संसारभरका मानिसहरूका लागि स्वतन्त्रताको ज्योति बनेको तथा आर्थिक र सांस्कृतिक पारवहाउस बनेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी मानवीय मूल्यहरू घरबारविहीनहरुका लागि पनि लागु हुने मेयर आडम्सले बताए । न्युयोर्क सिटीसँग कुनै पनि कारणले घरबारविहीन भएकालाई घरमा राख्ने नैतिक र कानुनी दायित्व रहेको उल्लेख गर्दै उनले हाल न्युयोर्क सिटीले ल्याटिन अमेरिका र अन्य क्षेत्रहरूबाट आउने शरणार्थीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको अनुभव गरिरहेको बताए ।

कतिपय परिवारहरू शरण खोज्दै टेक्सास र एरिजोना सरकारले पठाएका बसहरूमा आइपुगेको उनले बताए । अन्य कतिपयलाई संघीय सरकारले पठाएको उल्लेख गर्दै उनीहरुलाई आश्रयको अधिकार प्रदान गर्ने कानुनी जनादेश पूरा गर्न र न्युयोर्क सिटीको प्रणालीमा प्रवेश गर्नेहरूलाई उच्च गुणस्तरको आश्रय र सेवाहरू प्रदान गर्न तुरुन्तै थप संघीय स्रोतहरू चाहिने मेयर आडम्सले बताए ।

यदि न्युयोर्क सिटीले संघीय सरकारबाट यी अत्यावश्यक स्रोतहरू प्राप्त गर्न नसकेमा शरण खोज्दै न्युयोर्क आउनेहरुलाई योग्य स्तरको सहयोग प्रदान गर्न संघर्ष गनुपर्ने उनले बताए । मेयर आडम्सले संघीय सरकारलाई न्युयोर्क शहरसँग सहकार्य गर्न आह्वान गरेका छन् । जसबाट न्युयोर्क सिटीले शरण खोज्नेहरुलाई सही प्रक्रिया पत्ता लगाउन तथा आर्थिक र प्राविधिक स्रोतहरू उपलब्ध गराउन सक्नेछ ।

कानून अनुसार शरणार्थीहरूले मानवीय सुरक्षा खोज्दा संयुक्त राज्य अमेरिकामा बस्ने अधिकार भएको उल्लेख गर्दै मेयर आडम्सले न्युयोर्क शहर हालै शरण खोज्दै आएकाहरु र हाल बसोबास गरिरहेका जनसंख्याहरूका लागि सेवाहरू र पूर्वाधारहरूको प्रावधानको लागि जिम्मेबार रहेको बताएको छन् । आफूहरु यस विषयमा संघीय साझेदारहरूसँग छलफलमा रहेको र शीघ्र समाधानको लागि तत्पर रहेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com