एआईजी पोखरेलद्वारा राजीनामा


प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले आज दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिनुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी)टेकप्रसाद राईले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउ भनी दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको हो ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको थियो । आफूभन्दा डेढ वर्ष कनिष्ठलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै वैशाख १९ गते पोखरेल सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुग्नुभएको थियो ।

पोखरेलले दायर गर्नुभएको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेसँगै पोखरेलसँग सिंहलाई आईजीपी स्वीकारेर काममा फर्किने कि राजीनामा दिने भन्ने विकल्प थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com