नमागेसम्म मेडिकल रिपोर्ट नपठाउन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई युएससीआईएसको सुझाव


प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

नमागेसम्म मेडिकल रिपोर्ट नपठाउन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई युएससीआईएसले सुझाव दिएको छ । ग्रिनकार्ड आवेदन आई ४८५ पेन्डिङ अवस्थामा भएकाहरुले नमागेसम्म मेडिकल रिपोर्ट आई ६९३ नपठाउन सुझाव दिइएको हो ।

चालु आर्थिक बर्षका रोजगारमा आधारित भिसाहरु आगामी सेप्टेम्बर ३० भित्र प्रयोग गरिसक्नुपर्ने भएकाले उक्त डेडलाइनभित्र अधिकतम भिसा प्रयोग गर्न आफूहरु प्रतिवद्ध रहेको युएससीआईएसले जनाएको छ । आफूहरुले मेडिकल रिपोर्ट नभएका ग्रिनकार्ड आवेदनहरु सकृय रुपमा पत्ता लगाएर आवेदकलाई सम्पर्क गरिरहेकाले अनुरोधपछिमात्र मेडिकल रिपोर्ट पठाउन भनिएको छ ।

यदि कोही आवेदकलाई विगतमा फाइल गरिएको ग्रिनकार्ड आवेदन आई ४८५ सँग अद्यावधिक मेडिकल रिपोर्ट नभएको कुराको ज्ञान छ भने र आई १४० आवेदन स्वीकृत भएर भिसा उपलब्ध भइसकेको छ भने मेडिकल रिपोर्ट तयारी अवस्थामा राख्न सुझाव दिइएको छ । युएससीआईएसबाट अनुरोध आउने बित्तिकै उक्त रिपोर्ट पठाउन युएससीआईएसको सुझाव रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भविश्यमा ग्रिनकार्ड आवेदन दिने योजना बनाएकाहरुलाई उक्त आवेदनका साथमा अद्यावधिक रहेको मेडिकल रिपोर्ट समेत पठाउन सुझाव दिइएको छ । मेडिकल रिपोर्टको म्याद सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ बर्षसम्ममात्र अद्यावधिक हुन्छ । उक्त अवधिभित्र पनि आवेदन पेन्डिङ अवस्थामा रहेको खण्डमा नयाँ रिपोर्ट पठाउनुपर्ने हुनसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com